April 22, 2025

निगमले पेट्रोल, डिजेल र मट्टितेलको गरे मूल्य वृद्धि

January 19, 2021
- ADVERTISEMENT -

काठमाण्डौ / नेपाल आयल निगमले इन्धनमा मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको हो ।
मध्यराति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले तीनै थरी इन्धनको मूल्य बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल १ सय १० र डिजेल तथा मट्टीतेल प्रतिलिटर ९३ रुपैयाँ तिर्नु पर्नेछ । खाना पकाउने एलपी ग्यासमा भने मूल्य बढाइएको छैन ।

- ADVERTISEMENT -