२०८२ बैशाख २९, सोमबार
May 12, 2025
२०८२ बैशाख २९, सोमबार
May 12, 2025 Monday

प्रचण्ड–माधव पक्षको नेकपाले तेस्रो चरणको आन्दोलन घोषणा

प्रकाशित मिति : २०७७ माघ १२ गते
File Photo.
- ADVERTISEMENT -

मकवानपुर / प्रचण्ड–माधव पक्षको नेकपाले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
घोषित कार्यक्रमअनुसार १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युवा र्‍याली, २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन लगायत छन् ।

- ADVERTISEMENT -