विराटनगर / बन्दको उल्लंघन गरेको भन्दै विराटनगरमा नेकपा प्रचण्ड माधव समूहका कार्यकर्ताले चिया पसलमा तोडफोड गरेका छन् । बन्दको बेला चिया पसल खोलेको भन्दै उनीहरुले विराटनगर महानगरपालिका–२ स्थित चिया पसल बिहीबार दिउँसो साढे १२ बजे तोडफोड गरेका हुन् ।
तोडफोडका क्रममा समोसा पकाउन तयारी अवस्थामा राखिएको तेल कराही घोप्टिँदा तातो तेलको छिट्टाले पसल सञ्चालक प्रमोद सहनीकी श्रीमती ४० वर्षीया बसन्ती सहनी र उनकी छोरी २२ वर्षीया बबिता सहनी सामान्य घाइते भएका छन् । बबिता ६ महिनाकी सुत्केरी हुन् ।
पूर्वमन्त्री एवं प्रचण्ड- नेपाल समूहका नेता शिवकुमार मण्डल नेतृत्वको समूहले उक्त चिया पसल तोडफोड गरेको थियो । भीड उत्तेजित भएर तोडफोडमा उत्रन थालेपछि उनले छुट्याउन प्रयास गरेका थिए । चिया पसल सञ्चालन गर्दा अवरोध नगर्ने बताएपछि आफूले पसल खोलेको पसल सञ्चालक प्रमोदले बताए ।
तोडफोडबाट पसलमा रहेको सोकेसको सिसा फुटेका छन् । बनिसकेको खानेकुरा भुइँमा फ्यालिएको छ भने बनाउन तयारी अवस्थामा राखिएका सामान पनि बन्दकर्ताको समूहले फ्यालेर नष्ट गरिदिएको छ । मोरङका प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईले घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याइने बताए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

प्रचण्ड-माधव समूहद्धारा चिया पसलमा तोडफोड

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.23
152.83

European Euro
1
173.75
174.43

UK Pound Sterling
1
204.10
204.91

Swiss Franc
1
188.28
189.02

Australian Dollar
1
105.84
106.26

Canadian Dollar
1
107.53
107.96

Singapore Dollar
1
117.85
118.31

Japanese Yen
10
9.41
9.45

Chinese Yuan
1
22.46
22.55

Saudi Arabian Riyal
1
40.55
40.71

Qatari Riyal
1
41.78
41.94

Thai Baht
1
4.57
4.59

UAE Dirham
1
41.45
41.61

Malaysian Ringgit
1
37.40
37.55

South Korean Won
100
10.15
10.19

Swedish Kroner
1
15.75
15.82

Danish Kroner
1
23.25
23.34

Hong Kong Dollar
1
19.42
19.49

Kuwaity Dinar
1
494.65
496.60

Bahrain Dinar
1
403.76
405.35

Omani Rial
1
395.38
396.94













