२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025
२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025 Sunday

प्रणय दिवसको अवसरमा ‘सौराहा फुड फेष्टिवल’

प्रकाशित मिति : २०७७ माघ २३ गते
File photo.
File photo
- ADVERTISEMENT -

चितवन / सौराहाको पर्यटन व्यवसायलाई गति दिन सौराहा फुड फेष्टिवल हुने भएको छ । १५ औं संस्करणको सौराहा फुड फेष्टिवल फागुन १ देखि ३ गते सम्म हुने छ ।
विशेष गरि प्रणय दिवसलाई लक्षित गरेर सौराहामा आन्तरिक पर्यटकलाई आकर्षण गर्न फुड फेष्टिवल गर्न लागिएको रेस्टुरेण्ट एण्ड बार एसोसियसन रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिए ।
कोभिड–१९ सङ्क्रमणपछि ठप्प रहेका सबै होटल पूर्ण रुपमा खुलेका छन् । व्यवसायीमा पनि उत्साह थपिएको छ।व्यवसायीले अङ्ग्रेजी नयाँ वर्ष अघि ‘घुमौँ सौराहा’ अभियान गरेका थिए ।
दुर्लभ एकसिङ्गे गैँडा, बाघ, घडियाल गोही यहाँका मुख्य आकर्षक हुन् । यहाँ हात्ती सयर, डुङ्गा सयर, जीप सफारी, पैदलयात्रामार्फत निकुञ्ज र मध्यवर्ती क्षेत्र भ्रमण गराइने गरिन्छ । सौराहामा ठूला साना १४० होटल छन् भने करिब ५० रेष्टुराँ सञ्चालनमा छन् ।

- ADVERTISEMENT -