January 24, 2025
- ADVERTISEMENT -

२६औं जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै

February 13, 2021
file photo.

काठमाडौँ / २६औं जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरेर आज मनाइँदै छ । प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो । त्यही दिनको सम्झनामा तत्कालिन माओवादीहरुले यो दिवस मनाउँदै आएका छन् । २०६३ मंसिर ५ गते माओवादी युद्ध अन्त्य गर्दै शान्ति प्रक्रियामा आएको थियो ।
विस्तृत शान्ति सम्झौतामा तत्कालीन प्रधानमन्त्री एवम् कांग्रेस सभापति गिरिजा प्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका थिए । १० वर्षसम्म चलेको जनयुद्धमा सरकार र माओवादी दुवैतर्फबाट १७ हजार जनाको मृत्यु भएको थियो ।यस्तै, कयौं बेपत्ता भएक थिए भने हजारौ अपाङ्ग भएका थिए ।
तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच एकीकरण भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो । एकीकृत रुपमा ‘जनयुद्ध’ दिवस मनाइँदै आएको थियो तर, प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेपछि विभाजनमा आएको नेकपाका प्रचण्ड–नेपाल पक्षले मात्रै जनयुद्ध दिवस मनाउने भएको छ ।
जनयुद्ध दिवस भव्यताका साथ मनाउनका लागि सो पक्षले पार्टीका जिल्ला कमिटीहरुलाई शुक्रबार नै सर्कुलर जारी गरेको थियो। सो पक्षले केन्द्रीय कार्यालय पेरिसडाँडामा आज विभिन्न आन्दोलन र जनयुद्धमा सहिद भएकाहरूको स्मृतिमा सभा आयोजना गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -