February 11, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मगर चलचित्र ‘मिह्री’ प्रदर्शनको तयारीमा

February 17, 2021

चितवन / रफ्तार मिडिया प्रा.लि. को प्रस्तुतिमा मगर संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र मिह्री (भाग्य) को निर्माणको काम पूरा भएको छ । बुधबार भरतपुरमा पत्रकार सम्मेलन गरी चलचित्रका निर्देशक एवं कलाकार रमेश राना मगरले त्यसको जानकारी गराएका हुन् । मगर चलचित्रको लेखक तथा निर्माता पनि हुन् ।
सम्मेलनमा चलचित्रको ट्रेलर पनि सार्वजनिक गरिएको थियो । चितवन जिल्लामा पनि प्रतिभावान् मगर कलाकार छन् भन्ने कुरा देखाउन फिल्म निर्माण गरेको निर्देशक मगरले बताए । करिब १४ लाख लगानी रहेको उक्त चलचित्र १ घण्टा ३८ मिनेट लामो छ । चलचित्र फाल्गुन महिनाभित्र रिलिज हुने निर्माण पक्षले जनाएको छ । पत्रकार सम्मेलनमा उपस्थित भएका नेपाल मगर संघ चितवनका अध्यक्ष खिम बहादुर थापा मगरले चलचित्रले मगर संस्कृति उजागर गर्न र संरक्षण गर्न भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।
चलचित्रका निर्माता पनि रहेका तुलमान गुरुङले चलचित्रलाई हाल नेपाली भाषामा बनाइएको भएपनि पछि फेरि मगर भाषामा डब गरिने जानकारी दिए । चलचित्रको छायांकन तथा सम्पादन भने धना गुरुङले गरेका हुन् ।

- ADVERTISEMENT -