२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

हावाबाट १५ मिनेटमा गर्भवती … !

प्रकाशित मिति : २०७७ फाल्गुन ८ गते
- ADVERTISEMENT -

एजेन्सी / इण्डोनेशियाकी एक महिलाले अफु हावाका कारण गर्भवती भएको दावी गरेकी छिन । उनको यो दावीले सबैलाई आश्चर्यचकित बनाएको छ ।
सुन्दै अचम्म लाग्ने यो समाचार अहिले विश्वभर भाइरल बनेको छ । इण्डोनेशियाकी २५ बर्षीया महिला सिटि जाइनाहले हावाका कारण गर्भ धारण गरेको बताएकी हुन ।
आफुले कुनै पुरुषसंग यौन सम्बन्ध नराखेकोे पनि उनको तर्क छ । उनको भनाई अनुसार उनी सुतिरहेका बेला अचानक हावाबाट गर्भवती भइन ।
सिटिको यो दावी सुनेर धेरै मानिसहरु अचम्ममा परेका छन । इण्डोनेशियाको जाभा प्रान्तको सियानजुर शहरकी निवासी सिटि जाइनाहले बताए अनुसार दिउँसोको समय थियो ।
मध्यान्हको प्रार्थना गरिसकेर उनी लिभिङ रुममा आराम गरिरहेकी थिइन । त्यही बेला उनलाई अचानक आफ्नो शरीरमा हावा प्रवेश गरिरहेको जस्तो महसुश भयो ।
यो घटना भएको मात्रै १५ मिनेटपछि उनको पेटमा दुखाइ शुरु भयो । पेट दुखाईकै क्रममा उनको पेट पनि ठूलो हुँदै आयो । असैह्य पिडा हुन थालेपछि उनलाई नजिकैको सामुदायिक क्लिनिकमा लगियो । त्यहाँ सिटिले एक स्वस्थ छोरीलाई जन्म दिइन ।
यसलगत्तै सिटिको यो अचम्म लाग्दो घटनाको खबर सवत्र फैलियो । धेरैले आश्चर्य ब्यक्त गरे । यो घटनाका बारेमा थप जानकारी लिन स्थानीय बासिन्दाहरुले क्लिनिकका प्रमुखसंग सोधपुछ गर्न थाले ।
त्यस क्रममा भर्खरै सुत्केरी भएकी सिटि जाइनाह विवाहित रहेको तथ्य खुल्यो । तर उनी लामो समय देखि आफ्ना पतिसंगको सम्पर्कमा छैनन् । छुट्टै बस्दै आएकी थिइन । उनको यसअघि पनि एक छोरी छिन ।
सामुदायिक क्लिनिकका निर्देशक इमान सुलेमानले भनिन, “परीक्षणका क्रममा आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको देखियो । नर्मल डेलिभरी भएको हो । बच्चीको तौल २.९ किलोग्राम छ ।”
इमान सुलेमानका अनुसार यो केस ‘गुप्त गर्भावस्था’ का कारण भएको हुनसक्छ । यस्तो अवस्थामा महिलालाई प्रसव अघि गर्भावस्थाको महसुस नै हुँदैन ।
चिकित्सकले जे जस्तो तर्क गरे पनि स्थानीयहरु अझै पनि आश्चर्य ब्यक्त गरिरहेका छन । यति मात्रै हैन, स्थानीय प्रशासनले समेत यो घटनाको गहिरो छानविन गर्न शुरु गरिसकेको छ ।
सिटीको विहे, अघिल्लो बच्चालगायत पुरै जीवनका बारेमा छानविन हुन लागेको स्थानीय प्रशासनलाई उद्धृत गर्दै टाइम्स नाओले जनाएको छ ।

- ADVERTISEMENT -