March 19, 2025
- ADVERTISEMENT -

बलात्कार र महिलामाथि हुने हिंसाविरुद्ध सडक नाटक

February 20, 2021

मकवानपुर / मकवानपुरको हेटौँडामा बलात्कार तथा महिलामाथि हुने हिंसाको विरोधमा सडक नाटकमार्फत् सचेतना कार्यक्रमको आयोजना गरिएको छ । देशका विभिन्न ठाउँमा भएका बलात्कार र महिलामाथि हुने गरेको हिंसाका घटनाको विरोधमा शनिबार हेटौंडामा सडक नाटक प्रस्तुत गरिएको हो ।
न्यायका लागि स्वतन्त्र जनदबाब नामक युवाहरुको समूहले हेटौंटको बुद्ध चोकमा कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी निर्माला पन्त, बझाङकी सम्झना विक, बैतडिकी भागरथी भट्टको न्यायको माग गर्दै रचनात्मक शैलीमा विरोध प्रदर्शन गरेका थिए । हेटौँडाको सिमा चोक र बुद्ध चोकको सडक नै अवरुद्ध गरेर करिब एक घण्टा युवाहरुले विभिन्न नारा लेखिएका प्लेकार्डसहित जनचेतनामुलक नाटक प्रस्तुत गरेका थिए ।
बलात्कार तथा यौनजन्य घटनालाई निर्मुल पार्न सरकारको मुख मात्र ताकेर नहुने सिङ्गो समाज नै यस्ता घटनाको विरोधमा लागेर अघि बढ्नुपर्ने उनीहरुको भनाई छ ।
पितृसत्तात्मक राज्य व्यवस्था र कानून कार्यान्वयनको कमजोरीका कारण बलात्कार जन्य घटनामा वृद्धि भएको उनीहरुको गुनासो छ ।
हेटौंडाको हुप्रचौरमा जम्मा भएका युवाहरुले र्यालीसहित बुद्ध चोकमा पगेर सडक नाटक प्रस्तुत गरेका थिए ।

- ADVERTISEMENT -