चितवन / चितवन राष्ट्रिय निकुञ्जका गैंडा उचित बासस्थानको खोजी गर्दै पश्चिमतर्फ केन्द्रीय भएका छन् । निकुञ्जको पश्चिमी क्षेत्रमा ७० प्रतिशतभन्दा बढी गैंडा केन्द्रीत भएका हुन् । पूर्वी क्षेत्रमा बासस्थानमा खलल आउन थालेपछि उचित घाँसे मैदान र पानीको स्रोतहरुको खोजी गर्दै गैंडा पश्चिमी क्षेत्रमा केन्द्रीत भएका हुन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार पूर्वी क्षेत्रमा रहेको राप्ती नदीको पानी धेरै ठाउँबाट सिंचाईका लागि लैजाँदा पानीको अभाव हुने गरेको छ ।
उहाँले भन्नुभयो “राप्ती नदीमा पानीको स्रोत कम हुँदा नदी आसपासमा घाँसे मैदान प्रभावित बनेको छ ।” पानीको अभावमा आहालका लागि पानी कम छ भने सुख्खा भएर घाँस उम्रिन पाएको छैन । राप्तीमा पानी कम हुँदा निकुञ्जभित्रका घोलहरुमा पानीको मात्रा कमी आएको उहाँले बताउनुभयो । राप्ती नदीले वगाएर ल्याएका वालुवा तथा कंक्रिटहरुले समथर निकुञ्जका भाग पुरिंदा पनि घासे मैदान मासिएको पाइन्छ । उता पश्चिमी क्षेत्रमा भने नारायणी नदीले बनाएका भंगालाहरुमा प्रशस्त पानी र घाँसे मैदान बनेपछि गैंडा रमाउने गरेका छन् ।
पूर्वी क्षेत्रमा बस्तीमा आउनबाट रोक्नका लागि बनाईएका पक्की संरचनाले गैंडा नदी वारपार गरी रमाउन नपाउने गरेको बरालको भनाई छ । पूर्वमा रमाउन नसकेपछि विभिन्न तरिकाले गैंडा पश्चिम पुग्ने गरेका छन् । उहाँका अनुसार वर्षाको बाढीले बगाएर गैंडा पश्चिम क्षेत्र समेत पुग्ने गरेका छन् । केही वर्ष अघि यसै निकुञ्जबाट राप्ती र नारायणी नदीले बगाएर भारत पु¥याएका १० गैंडा जीवितै उद्धार गरी ल्याईएको थियो । अझै केही गैंडा भारतीय क्षेत्रमा रहेको अनुमान गरिएको छ ।
यसरी नै वर्षातको समयमा पूर्वका गैंडा बगाएर पश्चिम पु¥याउने गर्दछ । त्यहाँ पुगेपछि पर्याप्त खाना, पानी पाएपछि गैंडा पश्चिममै बस्ने गरेका छन् । कतिपय गैंडा आफै पनि पश्चिमतर्फ जाने गरेका छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार निकुञ्जको कार्यालय कसरालाई आधार मानेर पूर्व र पश्चिम भन्ने गरिन्छ । पछिल्लो समय पूर्वी सेक्टरमा पानीका पोखरी र घाँसे मैदान व्यवस्थापनमा जोड दिईएको छ । उहाँले चैतमा गैंडा गणनापछि आन्तरिक रुपमा स्थानान्तरण गर्नुपर्ने विषयमा छलफल भईरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “पश्चिममा धेरै देखिए पूर्वमा स्थानान्तरण गर्नुपर्छ ।” पश्चिममा बासस्थान सानो र गैंडाको संख्या धेरै भएको उहाँको भनाई छ । एकै ठाउँमा धेरै गैंडा हुँदा जुधेर मर्ने क्रम भने बढेर गएको छ । प्राकृतिक कारणबाट मरेका मध्ये धेरै गैंडा पश्चिमी क्षेत्रका रहेको उहाँको भनाई छ । मरेका मध्ये ६० प्रतिशतभन्दा बढी पश्चिमका रहेका छन् । चोरीशिकारी समेत पश्चिममा बढी हुने गरेको छ । निकुञ्जको तथ्याङ्क अनुसार पछिल्लो तीन वर्ष यता निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा मात्रै ९२ गैडा मरेका छन् ।
ती मध्ये ८८ वटा कालगतिले मरेका हुन् । चार वटा चोरी शिकारीले मारेका छन् । कालगतिले मर्ने गैडाहरु एक आपसमा जुधेर, दलदलमा भासिएर, बुढो भएर र खोलाले बगाएर मर्ने गरेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यले पछिल्लो समय निकुञ्जको पश्चिमी क्षेत्रमा गैंडा बढी भएको जानकारी आएको बताउँदै यस विषयमा छलफल भईरहेको बताउनुभयो । गैंडा गणनापछि आवश्यकता अनुसार आन्तरिक स्थानान्तरण गर्न सकिने उहाँले बताउनुभयो । पछिल्लो गणना अनुसार देशैभर ६४५ गैँडा छन् ।
जस मध्ये यस निकुञ्जमा ६०५ रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गैडा गणना यता चितवनवाट चार वटा गँैडा चीन सरकारलाई उपहार पठाइएको र शुक्ला फाँटा र वर्दिया निकुञ्जमा गरी १२ वटा गैँडा स्थानान्तरण गरिएको छ । गैंडा लगायतका वन्यजन्तु पश्चिमतर्फ केन्द्रीत हुँदा पर्यटक पनि पश्चिमी क्षेत्रतर्फ आकर्षित हुने गरेका छन् । पूर्वी क्षेत्रमा पर्ने सौराहाभन्दा पछिल्लो समय पश्चिमी क्षेत्रको मेघौली पटिहानी लगायतका स्थानमा पर्यटकको आगमन बढेको छ । यस क्षेत्रमा वन्यजन्तु सहजै देख्न पाईने भएपछि पर्यटक यतातर्फ आकर्षित भएका हुन् ।
- ADVERTISEMENT -

७० प्रतिशत निकुञ्जका गैंडा बासस्थान खोज्दै पश्चिमतर्फ केन्द्रित
March 2, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
