२०८३ श्रावण ३, आईतवार
July 19, 2026
२०८३ श्रावण ३, आईतवार
July 19, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मुग्लिन-नौबिसे-नागढुंगा सडक १९ अर्बको लागतमा स्तरोन्नति

प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते
File Photo.

काठमाडौं / सरकारले राजधानी प्रवेश गर्ने मूख्य सडक मुग्लिन-नागढुंगा सडक स्तरोन्नति गर्ने भएको छ । सडक विभाग (नारायणघाट-मुग्लिन) नागढुंगा-मुग्लिन सडक योजनाले मुग्लिन-नागढुंगा सडक विस्तार प्रक्रिया अघि बढाउन लागेको हो ।
साँघुरो नागढुंगा-मुग्लिन सडकलाई नारायणघाट-मुग्लिन सडक खण्ड जस्तै बनाउन खोजिएको हो । बजार क्षेत्रमा ४ लेन, खुल्ला क्षेत्र २ लेन र नागढुंगा-नौविसे खण्ड ३ लेनमा विस्तार गर्न लागिएको (नारायणघाट-मुग्लिन) नागढुंगा-मुग्लिन सडक योजनाका प्रमुख अमृतमणी रिमालले जानकारी दिए ।
यो सडक खण्डको लम्बाई ९६ किलोमिटर लामो छ । तीन चरणमा काम यो सडक खण्डलाई ३ वटा प्याकेजमा विभाजन गरेर स्तरोन्नति गर्न लागिएको रिमालले जानकारी दिए । नागढुंगा-नौविसे, नौविसे-मलेखु र मलेखु-मुग्लिन सडक खण्डगरी तीन वटा प्याकेज बनाइएको छ ।
योजनाले नागढुंगा-नौविसे र नौविसे-मलेखु सडक खण्ड निर्माण गर्न इच्छुक निर्माण व्यवसायीसँग आसय माग गरिसकेको छ । नागढुंगा-नौविसे र नौविसे-मलेखु खण्ड निर्माण गर्न इच्छा जाहेर गर्ने निर्माण व्यवसायीको पूर्वमूल्यांकन योग्यता जाँच भइरहेको छ ।
यी दुई प्याकेजमा ४० वटाभन्दा बढी निर्माण व्यवसायीले आवेदन पेश गरिसकेको प्रमुख रिमालले जानकारी दिए । मलेखु-मुग्लिन खण्डको पूर्वमूल्यांकनका लागि आसय माग गर्ने प्रक्रियामा रहेको छ । नागढुंगा-नौविसे र नौविसे-मलेखु खण्ड निर्माणका लागि आयस व्यक्त गर्ने निर्माण व्यवासीयको मूल्यांकन २०७७ चैतसम्म सम्पन्न गर्ने योजनाको लक्ष्य छ ।
सडक स्तारोन्नति गर्न प्राविधिक रुपमा सबल देखिएका निर्माण व्यवसायीको प्रारम्भिकरुपमा सूचिकृत गरिनेछ । सूचिकृत भएका निर्माण व्यवसायीसँग आर्थिक प्रस्ताव माग गरिने छ । प्राविधिक रुपमा सबल र कम रकम प्रस्ताव गर्ने निर्माण व्यवसायीले सडक स्तरोन्नतिको जिम्मा पाउनेछन् ।
बजार क्षेत्र ४ लेन योजनाले सडकलाई २ लेन, ३ लेन र ४ लेनमा स्तरोन्नति गर्नेछ । नागढुंगा-नौविसे सडक खण्ड ३ लेनको हुनेछ । नागढुंगा-नौविसे सडक खण्डमा सवारीसाधनले ठाडो उकालो चढाई गर्नुपर्ने हुन्छ । मालबहाक सवारीसाधनलाई ठाडो उकालो चढाईमा सहजता होस् भन्नका लागि एउटा थप डेडिकेटेड लेन विस्तार गरिनेछ ।
बस्ती तथा बजार भएका स्थानमा स्थानीय सवारीसाधन गुड्नका लागि सर्भिस लेन निर्माण गरिनेछ । सर्भिस लेनसहित बस्ती तथा बजार क्षेत्रका सडक ४ लेनको हुनेछ । पातलो बस्ती र पहाडी क्षेत्रको सडक भने २ लेनको हुनेछ । २१ पुल र १० आकाशे पुल मुग्लिन-नौविसे सडकखण्डमा २१ ओटा पुल बन्नेछन् । पुल भने सबै चार लेनको हुने बताइएको छ ।
हाल सञ्चालनमा रहेका पुल नभत्काई सडकको चौडाई अनुसार नै छेउमा पुल निर्माण गरिनेछ । बजार क्षेत्रमा स्थानीयलाई सडक पार गर्न सहजता प्रदान गर्न १० वटा आकाशेपुल पनि निर्माण गरिनेछ । करिब १९ अर्ब लागत नारायणघाट-मुग्लिन खण्ड विस्तारसँगै मुग्लिन-नागढुंगाको काम अघि बढाउन खोजिएको हो ।
मुग्लिन-नारायणघाट सडक २०७५ जेठमा विस्तार भइसकेको छ । यो सडक विश्व बैंकको ऋण सहयोगमा दुई लेनमा विस्तार गरिएको छ । मुग्लिन-नागढुंगा सडक पनि विश्व बैंकको ऋण सहयोगमा विस्तार गर्न लागिएको हो । सडक विस्तार गर्न विश्व बैंकले ऋण दिने सहमति भइसकेको छ । यो सडक स्तरोन्नति गर्न करिब १९ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । यसका लागि विश्व बैंकको सहयोगमा नपुग रकम नेपाल सरकारले खर्च गर्नुपर्नेछ । सडक स्तरोन्नति गर्न डिजाइन तयार पारिसकेको छ ।
परामर्शदाता आईसीटीले सडकको डिजाइन तयार गरेको हो । परामर्शदाताले सन् २०१८ मा सडक विभागलाई डिजाइन हस्तान्तरण गरिसकेको छ । ‘मुग्लिन–नागढुंगा सडकको चौडा एक नासको छैन, कतै दुई लेन र केही साढे एक लेनको छ,’ रिमालले भने ‘विपरिद दिशाबाट गुडेका सवारीसाधन सहज रुपमा पास हुनेगरी सडक विस्तार गर्न खोजिएको हो ।’
आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा संघीय सरकारले २ लेनभन्दा तलका सडक निर्माण नगर्ने उल्लेख छ । पृथ्वी राजमार्ग राष्ट्रिय सडक हो । यो संघीय सरकारको मातहतमा छ । सन् १९७४ मा निर्माण गरिएको राजमार्गको अधिकतम चौंडा २ लेनभन्दा सानो छ । काठमाडौं उपत्यका छिर्ने मुख्य सडकलाई एसियाली गुणस्तरअनुरुप विकास गर्न खोजिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.85
176.53
UK Pound Sterling
1
206.60
207.41
Swiss Franc
1
190.34
191.09
Australian Dollar
1
107.17
107.59
Canadian Dollar
1
109.57
110.00
Singapore Dollar
1
119.11
119.58
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.35
10.39
Swedish Kroner
1
15.91
15.97
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.85
409.44
Omani Rial
1
399.36
400.91