२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

चितवनको राप्तीमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

प्रकाशित मिति : २०७७ फाल्गुन २९ गते
- ADVERTISEMENT -

चितवन / १३औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । राप्ती नगरपालिकाको आयोजनामा वीरेन्द्र आदर्श माविको प्राङगणमा शुक्रबारबाट सुरु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा बागमती प्रदेश भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री दावा दोर्जे लामाले बालबालिकाको लागि शिक्षासँगै खेलकुद पनि अपरिहार्य रहेको बताए । विद्यार्थीको शारिरिक तथा मानसिक विकासका लागि राज्यले खेलकुदमा समेत लगानी बढाएको उनको भनाइ थियो ।
राप्ती नगरपालिकाका नगर प्रमुख प्रभा बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्ती ७ का वडा अध्यक्ष सुमिता डल्लाकोटी, वीरेन्द्र आदर्श माविका अध्यक्ष घनश्याम कँडेल, जनआदर्श क्याम्पस अध्यक्ष गोविन्दराज कँडेल लगायतको उपस्थिति थियो ।
फागुन २८, २९ र चैत्र १ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न खेलहरु समावेश छन् भने नगरभित्रका १७ वटा विद्यालयको सहभागिता रहेको छ ।

- ADVERTISEMENT -