January 24, 2025
- ADVERTISEMENT -

भोलि र पर्सि १० घण्टा विद्युत आपूर्ती बन्द

March 19, 2021

चितवन / नेपाल विद्युत प्राधिकरण हेटौंडा ग्रिड महाशाखाले चितवनमा दुई दिन विद्युत कटौती गर्ने भएको छ । महाशाखाले एक सूचना जारी गर्दै मर्मत सम्भारका लागि दुई दिन भोलि शनिबार र पर्सि आइतबार १० घण्टा विद्युत कटौती गर्ने भएको हो ।
विद्युत प्राधिकरण भरतपुरका अनुसार शनिबार र आइतबार एकै समय बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म विद्युत कटौती हुनेछ ।
हेटौंडा ग्रिड महाशाखा अन्तरगतको १३२/३३/११ केभि भरतपुर सब स्टेशनमा ११ केभी इन्कमर तथा बसकल्पर बदलेर क्षमता वृद्धि गर्नुको साथै आवश्यक मर्मत संभार गर्नु परेकोले विद्युत कटौती गर्न लागिएको महाशाखाका इन्जिनियर राजु श्रेष्ठले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -