February 8, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चीनले अनुदानमा दिएको खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाइने

April 2, 2021

काठमाडौं / चीनले सरकारबाट अनुदानमा प्राप्त कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोप सरकारले ४० देखि ५९ वर्ष उमेरका समूहका व्यक्तिलाई लगाउने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले पूर्वाधारको हिसाबले अस्पताल छनोट गरी ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने तयारी भएको जानकारी दिए ।
उनले पूर्वाधारको हिसाबले उपयुक्त अस्पतालहरुबाट ती उमेर समूहका व्यक्तिलाई चाँडै नै खोप दिइने बताए । यसअघि सरकारले दोस्रो खोप अभियानअन्तर्गत ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरेको थियो ।
चीन सरकारले कोरोना विरुद्ध लड्न नेपाललाई एक हप्ताअघि मात्रै आठ लाख मात्रा भेरोसेल खोप उपलब्ध गराएको थियो ।

- ADVERTISEMENT -