चितवन / नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनको चैत्र २५ गते हुने निर्वाचनका लागि साझा प्यानल घोषणा गरिएको छ । प्यानलमा नेपाल प्रेस युनियन, प्रेस संगठन चितवन, प्रेस चौतारी चितवनसहितका संगठनले साझा उमेदवारीको घोषणा गरेको हो ।
प्यानलको अध्यक्षमा नेपाल प्रेस युनियनका पुर्व अध्यक्ष नारायण अधिकारीको उमेदवार रहेको छ ।
त्यस्तैगरी उपाध्यक्षमा प्रकाश ज्ञवाली, महिला उपाध्यक्षमा प्रमिता ढकाल, सचिवमा अनिल ढकाल, खुल्ला सहसचिवमा टिकादत्त तिमिल्सिना, समावेशी सहसचिवमा उर्गेन तामाङ र कोषाध्यक्षमा राजेन्द्र आचार्यको उमेदवारी घोषणा गरिएको छ ।
यस्तै महिला सदस्यमा शोभा पुडासैनी, जनजाति सदस्यमा तुलमान गुरुङ, दलित सदस्यमा एलिना पोखरेल, मधेसी सदस्यमा सरिता महतो शाह रहेका छन् ।
खुल्ला सदस्यहरुमा भने विप्लव काफ्ले, सरिता पौडेल, अनिल भट्टराई, विवेक पोखरेल, बबिलाल तामाङ, रामु आचार्य, ज्ञानेन्द्र तामाङ र बसन्त ढुङगाना रहेका छन् ।
लोकतान्त्रिक, प्रगतिशिल, समावेशी र श्रमजिवी पत्रकारहरुको साझा प्यानलको रुपमा उमेदवारहरु घोषणा गरिएको हो । यस प्यानलमा क्रान्तिकारी पत्रकार महासंघ तथा विभिन्न स्वतन्त्र पत्रकारहरुको समेत समर्थन रहेको छ ।
पत्रकार महासंघ निर्वाचन : अधिकारीको नेतृत्वमा साझा प्यानल

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
