२०८३ श्रावण ११, सोमबार
July 27, 2026
२०८३ श्रावण ११, सोमबार
July 27, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चरम बेथिति : ७२ हजार किलो चिनी अयोग्य

प्रकाशित मिति : २०७७ चैत्र २३ गते

काठमाडौं / भारतको सिम्भावली सुगर लिमिटेडले निर्यात गरेको ७२ हजार किलो चिनी आयात गर्न अयोग्य देखियो।
जलेश्वरस्थित खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले उक्त चिनीको उपभोग गर्ने म्याद नाघेको भन्दै प्रतिवेदन बुझायो। तर, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी तत्कालीन महानिर्देशक डा. मतिना वैद्यले उक्त प्रतिवेदनविपरीत ‘योग्य’ भनेर प्रमाणित गराइदिइन्।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उक्त विषयमा छानबिन गर्न तत्कालीन सहसचिव डा. नारायण रेग्मीको संयोकत्वमा समिति गठन गर्‍यो। समितिले विभागकी महानिर्देशक डा. वैद्यले जानाजान गम्भीर प्रकृतिको लापरवाही र त्रुटि गरेको प्रतिवेदन दियो।
समितिले महानिर्देशक डा. वैद्यमाथि निजामती ऐनअनुसार कडा कारबाही गर्न सिफारिस गरेको छ। तर, मन्त्रालयले महानिर्देशक पदबाट हटाएर अन्यत्र सरुवा मात्रै गरेको छ।
‘आयातीत चिनीको परीक्षण सम्बन्धमा विभागको लापरवाही देखिनुका साथै प्रचलित कानुनको समेत पालना नगरेको पाइएकोले चिनीको परीक्षण कार्यमा संलग्न कर्मचारी र विभागका महानिर्देशकलाई कानुनबमोजिम कारबाही गर्नू’, छानबिन समितिको प्रतिवेदनको बुँदा नम्बर ५ मा छ।
बारास्थित राजस्व अनुसन्धान कार्यालय पथलैयाले १ हजार ४ सय ४० बोरा चिनी आज नष्ट गर्दै छ। कार्यालयका अधिकृत होमप्रसाद पाण्डेले उक्त गुणस्तरहीन चिनी नष्ट गर्ने निर्णय भएको बताए। ‘खाद्य विभागका दुई निकायले फरक–फरक प्रतिवेदन दिएकाले निर्णय गर्न ढिलाइ भएको हो’, अधिकृत पाण्डेले भने, ‘आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले आयात र उपभोग गर्न अयोग्य रहेको पुष्टि गरेको चिनीलाई विभागले योग्य भनेर प्रमाणित गरेको थियो।’
पाण्डेका अनुसार उक्त चिनीको नमुना लिएर पुनः परीक्षण गर्दा चिनी अयोग्य भेटिएपछि नष्ट गर्ने निर्णय गरिएको हो। यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ।
विभागअन्तर्गतको जलेश्वरस्थित खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले ‘आयात गर्न अयोग्य’ र ‘उपभोग गर्ने म्याद नाघिसकेको’ भन्दै प्रतिवेदन दिएको थियो। तर, तत्कालीन महानिर्देशक डा. वैद्यले आर्थिक चलखेलका आधारमा आफ्नै तल्लो निकायको गुणस्तरसम्बन्धी प्रतिवेदनसँग बाझिने गरी ‘गुणस्तरीय’ भनेर प्रमाणित गरेकी थिइन्। त्यससम्बन्धी समाचार बाहिरिएपछि मन्त्रालयले छानबिन गरी वैद्यले गल्ती गरेको ठहर गरेको होे।
प्रमाणीकरण कार्यालय प्रमुख विपिनकुमार ठाकुरले गत वर्ष फागुन २५ गते ना।८ख २१५१, ना।६ख ८३६९ र ना।५ख ५६७३ नम्बरको ट्रकबाट लिइएको नमुनाको विश्लेषण गरी जलेश्वर भन्सार कार्यालयलाई प्रतिवेदन बुझाएका थिए। प्रयोगशालामा विश्लेषण गरेको प्यारामिटरका आधारमा प्राप्त नमुनाहरू आयात गर्न योग्य नरहेको प्रतिवेदनमा उल्लेख थियो। उपभोग्य मिति समाप्त भइसकेको जनाइएको थियो। चिनीका बोरामध्ये कुनैमा म्याद उल्लेख नभएको, कुनैमा २०१८/२०१९ उल्लेख भएको र कुनै बोरामा आफैं कलमले लेखेको उल्लेख थियो।
सन् २०१८ मार्चमा प्याकेजिङ गरिएको उक्त चिनीको उपभोग गर्ने म्याद २४ महिना मात्र उल्लेख थियो। अर्थात् सन् २०२० को फेब्रुअरीमै उपभोग्य मिति समाप्त सकिएको पनि प्रतिवेदनमा उल्लेख थियो। यसका साथै प्रज्ञापनपत्र नम्बर एम १०४१।०६।०३।२०२० मार्फत २०२० जनवरी १७ र २०२० फेब्रुअरी २८ मा बिलविजक नम्बर १४००००२२६९, १४००००२२७० र १४००००२६६६ बाट ७२ हजार किलो चिनी भारतको सिम्भावली सुगर लिमिटेडले निर्यात गरेको प्रतिवेदनमा उल्लेख थियो।
जिल्ला प्रशासन कार्यालय बाराका अनुसार उक्त चिनी काठमाडौंको कागेश्वर मनोहरा नगरपालिकास्थित शिवराज तिमिल्सिना सञ्चालक रहेको अनुष्का मल्टीप्रपोज कम्पनीले आयात गरेको हो। आयातकर्ता कम्पनीले वीरगन्ज, नेपालगन्ज र भैरहवा नाका प्रयोग नगरी लामो दूरीका कारण अत्यधिक खर्चिलो बाटो महोत्तरीको जलेश्वर नाका प्रयोग गरी उक्त चिनीको जाँच पास गरेको थियो। उक्त चिनी उत्तर प्रदेशको बहराइच जिल्लामा उत्पादन भएको हो। समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.31
175.99
UK Pound Sterling
1
205.46
206.26
Swiss Franc
1
188.49
189.22
Australian Dollar
1
107.65
108.07
Canadian Dollar
1
109.41
109.83
Singapore Dollar
1
119.48
119.95
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.32
42.48
Thai Baht
1
4.58
4.59
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.57
10.61
Swedish Kroner
1
15.88
15.94
Danish Kroner
1
23.46
23.55
Hong Kong Dollar
1
19.66
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09