चितवन / रत्ननगर नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत र योजना शाखाका कर्मचारीहरुले प्रयोग गर्ने गाडी कोरोना संक्रमितका लागि संचालन गरिने भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उक्त चार वटा सवारी साधनहरु उनीहरुलाई अस्पताल लैजान प्रयोग गरिने भएको हो ।
कोरोना संक्रमितलाई अस्पताल लैजान एम्बुलेन्स लगायत अन्य सवारी साधनको माग बढ्न थालेपछि मेयर नारायण वनले आफूले प्रयोग गर्दै आएकोसहित चारवटा गाडी प्रयोग गर्ने घोषणा गरेका हुन् । कोरोना संक्रमितका लागि बा.२ झ ३३९९, ना.१ झ १५८६, बा.१२ च.२७१ र बा.२ झ १२१७ नम्बरको गाडी घरबाट आइसोलेसन र आइसोलेशनबाट अस्पताल लैजान प्रयोग गरिने नगरपालिकाले जनाएको छ ।
‘हाम्रा गाडीहरु एम्बुलेन्सका रुपमा प्रयोग गर्दैछौं’, मेयर वनले भने, ‘कोही पनि नगरवासी सवारी साधन नपाएर छटपटाउनु पर्दैन ।’
मेयर वनले सवारी साधनको आवश्यक परे ढुक्क भएर नगरपालिकामा सम्पर्क गर्न समेत आग्रह गरेका छन् । छिटो छरितो रुपमा सेवा दिनको लागि नगरपालिकाको गाडी कोरोना संक्रमितको लागि प्रयोगमा ल्याइएको मेयर वनको भनाइ छ ।
यसअघि रत्ननगरले कोरोना संक्रमितलाई अस्पताल लैजान निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिसकेको छ । होम आइसोलेशनमा रहेका कोरोना संक्रमितलाई घरघरमै पुगेर स्वास्थ्यकर्मीहरुले उपचार तथा रेखदेख गर्दै आएका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

कोरोना संक्रमित ओसार पसारका लागि रत्ननगरको चार गाडी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.76
154.36

European Euro
1
175.85
176.53

UK Pound Sterling
1
206.60
207.41

Swiss Franc
1
190.34
191.09

Australian Dollar
1
107.17
107.59

Canadian Dollar
1
109.57
110.00

Singapore Dollar
1
119.11
119.58

Japanese Yen
10
9.47
9.51

Chinese Yuan
1
22.69
22.78

Saudi Arabian Riyal
1
40.94
41.10

Qatari Riyal
1
42.17
42.34

Thai Baht
1
4.57
4.59

UAE Dirham
1
41.86
42.03

Malaysian Ringgit
1
37.55
37.69

South Korean Won
100
10.35
10.39

Swedish Kroner
1
15.91
15.97

Danish Kroner
1
23.52
23.61

Hong Kong Dollar
1
19.61
19.69

Kuwaity Dinar
1
500.03
501.98

Bahrain Dinar
1
407.85
409.44

Omani Rial
1
399.36
400.91













