काठमाडौँ / तीव्रत्तर रुपमा फैलिरहेको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश भाग ठप्प हुन पुगेका छन् । सङ्क्रमण न्यूनीकरण हुनुको साटो बढ्दो क्रममा रहेकाले मुलुक झण्डै बन्दाबन्दीको अवस्थामा पुगेको छ । अत्यावश्यक बाहेकका गतिविधि वैशाख पहिलो सातादेखि ठप्प छ । मानिसको आवागमनसमेत प्रभावित हुँदै आएको छ । सरकारले सङ्क्रमणको साङ्लो तोड्ने प्रयास जारी राखेको भए पनि कतिपय अवस्थामा कतै चुकेको देखिने र कतै सर्वसाधारणको हेल्चेक्र्याइँसमेत देखिएको जनस्वास्थ्यविद् औँल्याउँछन् ।
आजका मितिसम्म १० जिल्लाले मात्रै निषेधाज्ञा जारी गर्न बाँकी छ । झण्डै २० दिनको अवधिमा मुलुकका ६७ जिल्लामा निषेधाज्ञा जारी गरी सङ्क्रमण रोकथामको प्रयास भइरहेको छ । त्यस्ता जिल्लामा अत्यावश्यक बाहेकका सबै गतिविधिमा रोक लगाइएको छ । त्यसमध्ये नौ जिल्लामा आंशिक निषेधाज्ञा छ । खुला रहेकामध्ये अधिकांश हिमाली जिल्ला छन् ।
देशका अधिकांश भाग ठप्प हुँदा आदेश जारी गर्न बाँकी रहेका ती जिल्लाका गतिविधिसमेत चलायमान हुन सकेको छैन । खुला रहेका १० जिल्लाले आदेश जारी गर्न बाँकी भए पनि मन्त्रिपरिषद्को यही वैशाख ६ गतेको निर्णयलाई आधार मानेर उच्च सावधानी अपनाउने तथा स्वास्थ्यका मापदण्ड पूर्ण कार्यान्वयनका लागि विभिन्न निर्णय गर्दै कोरोना फैलिन नदिन उच्च सावधानी अपनाउँदै आएको छ । केही जिल्ला भने निषेधाज्ञा जारी गर्ने तयारीमा पुगेका जनाइएको छ ।
अब निषेधाज्ञा जारी गर्न बाँकी रहेका जिल्लामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, रसुवा, तेह्रथुम, खोटाङ, भोजपुर, पाँचथर, लमजुङ र रुकुम पूर्व रहेका छन् । यद्यपि लमजुङ भने केही वडामा सीमित गतिविधि रोक लगाएर नियन्त्रण प्रयासमा रहेको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले राससलाई जानकारी दिनुभयो ।
“यहाँ छिट्फुट सङ्क्रमण देखिन्छ, महामारीको अवस्था छैन, फरक तरिकाले नियन्त्रण गर्ने प्रयास जारी छ”, प्रजिअ लुइँटेलले भन्नुभयो, “कसरी जाने भनेर छलफलमै छौँ ।” उहाँका अनुसार लमजुङमा अहिलेसम्म ९२ जना सङ्क्रमित भेटिएका छन् । दुई सय सङ्क्रमित नपुगेकाले उक्त जिल्लाले निषेधाज्ञा जारी नगरेको हो ।
तेह्रथुमले पनि भीडभाड हुने क्षेत्र तोकेर त्यस्ता गतिविधि रोक लगाइसकेको छ । पाँचथरले विभिन्न स्थानीय तहमा आलोपालो सेवा दिने गरी उच्च सावधानी अपनाउँदै आएको जनाएको छ । भोजपुरले पनि सीमित समय तोकेर मात्रै सञ्चालन गर्ने गरी आदेश जारी गरिसकेको छ । सोलुखुम्बुमा मन्त्रिपरिषद्को वैशाख ६ गतेको निर्णयअनुसार आदेश जारी गरी उच्च सावधानीका कार्यक्रम सञ्चालन गरिरहेको छ । अहिलेसम्म खुला रहेको ओखलढुङ्गा र सङ्खुवासभाले आज रातिदेखि लागू हुने गरी आदेश जारी गरिसकेको छ ।
मनाङले भने यह िवैशाख १३ गतेको निर्णयअनुसार आवश्यक तयारीका साथ सम्पर्कमा रहेका व्यक्तिको परीक्षणलाई तीव्रता दिँदै सङ्क्रमण भित्रिन नदिन सतर्कता अपनाउने निर्णय गरेको छ । मुस्ताङले जिल्ला प्रशासन कार्यालयबाट दिने अत्यावश्यकबाहेकका सेवा रोकिसकेको छ । मुस्ताङले अन्य निर्णय भने गरेको छैन ।
रसुवाले पनि प्रशासन कार्यालयबाट हुने अत्यावश्यक बाहेकका गतिविधिमा रोक लगाइसकेको छ । समग्रमा भन्दा खुला रहेका कतिपय जिल्ला पनि निकट भविष्यमा निषेधाज्ञा जारी गर्ने अवस्थामा पुगेका छन् ।
गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल आवश्यकतानुसार निषेधको आदेश जारी गरी रोकथाममा लाग्न जिल्लालाई निर्देशन दिइसकेको र सोही अनुसार आदेश जारी गरी कार्यान्वयन भइरहेको बताउनुहुन्छ । मुलुकमा पछिल्ला केही दिनमा नौ हजारको हाराहारीमा दैनिक सङ्क्रमित फेला पर्दै आएका छन् भने दैनिक ५० भन्दा माथि मानिसको मृत्यु हुँदै आएको छ ।
वैशाख ७ गतेबाट शुरु भएको थियो निषेधाज्ञा
यही वैशाख पहिलो साता बाग्लुङको बलेवास्थित नारायणथानको एउटा स्कुलमा ३९ विद्यार्थी र एक शिक्षकमा एक्कासि कोभिड–१९ देखियो । सङ्क्रमणको जालो च्यात्न तत्कालै त्यहाँको स्थानीय प्रशासनले स्कुल र स्कुलसँग जोडिएको परिवार बसोबास गर्ने क्षेत्र तोकेर वैशाख ७ गते निषेधाज्ञा जारी गरेको थियो । बाग्लुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की त्यस आदेशले ‘चेन ब्रेक’ गर्न सफल भएको बताउनुहुन्छ ।
त्यसलगत्तै कालीकोटमा यह िवैशाख ९ गते एक जनामा सङ्क्रमण देखिएपछि उनीसँग सम्पर्कमा रहेका व्यक्तिको परीक्षण गर्दा १० गते चारजना सङ्क्रमित थपिए लगत्तै सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को अधिकार प्रयोग गर्दै आंशिक निषेधाज्ञा जारी भयो ।
सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्र तोकी प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा वा अन्य आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएपछि वैशाख १३ गतेदेखि भने धमाधम प्रजिअबाट निषेधाज्ञा जारी गर्ने क्रम ह्वात्तै बढ्यो ।
बाँकेको नेपालगञ्ज नराम्ररी प्रभावित भएपछि वैशाख १३ गतेदेखि नै लागू हुने गरी निषेधाज्ञा जारी गरिएको थियो । सुर्खेतमा वैशाख १४ गते रातिदेखि आदेश जारी भयो । वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लालगायत विभिन्न जिल्लाले निषेधाज्ञा जारी गरे । त्यसपछि लगातार आदेश जारी भइरहेकामा आजसम्म ६७ जिल्लामा आदेश जारी भइसकेको छ ।
सङ्क्रामक रोग विशेषज्ञ डा अर्चना श्रेष्ठले नेपालमा भारतको भन्दा उच्च गतिमा सङ्क्रमण भइरहेकाले घरमै बसेर स्वास्थ्य मापदण्ड पालना गरे नियन्त्रण गर्न सकिने बताउनुभएको छ । रासस
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

मुलुकका १० जिल्ला बाहेक अधिकांश भाग ठप्प

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.33
152.93

European Euro
1
174.09
174.78

UK Pound Sterling
1
204.22
205.03

Swiss Franc
1
188.77
189.52

Australian Dollar
1
105.69
106.10

Canadian Dollar
1
107.43
107.85

Singapore Dollar
1
117.82
118.28

Japanese Yen
10
9.38
9.42

Chinese Yuan
1
22.42
22.51

Saudi Arabian Riyal
1
40.57
40.73

Qatari Riyal
1
41.79
41.95

Thai Baht
1
4.56
4.57

UAE Dirham
1
41.48
41.64

Malaysian Ringgit
1
37.36
37.51

South Korean Won
100
10.07
10.11

Swedish Kroner
1
15.73
15.79

Danish Kroner
1
23.29
23.38

Hong Kong Dollar
1
19.44
19.51

Kuwaity Dinar
1
494.98
496.93

Bahrain Dinar
1
404.00
405.60

Omani Rial
1
395.64
397.20













