चितवन / चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्तीको आाक्रमणबाट एक जनाको ज्यान गएको छ । निकुञ्जको कोर इलाका दक्षिण भु- भागमा पर्ने बगाई माडी क्षेत्रको इच्छ्यानगरमा हात्तीको आक्रमणबाट विहीबार (हिजो) पर्सा ठोरी २ का ६० वर्षिय गोविन्द्र बहादुर राउतको ज्यान गएको हो ।
मृतक राउत निकुञ्जमा च्याउ टिप्न जानेक्रममा हात्तीको आक्रमणमा परेको हुनसक्ने निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्ज र यसआसपासको मध्यवर्ति क्षेत्रमामा चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट १० जनाको मृत्यु भइसकेको निकुञ्जका सुचना अधिकारी एवंम साहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए ।
यसै आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणमा परि २३ जना घाइते भएका छन् । यस्का साथै निकुञ्जले निशेधाज्ञाको समयमा अनावश्यक रुपमा जंगल क्षेत्र प्रवेश नगर्न अपिल पनि गरेको छ ।
जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
