काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओली र जनस्वास्थ्यविद्, कोभिड नियन्त्रणका लागि अग्रपङ्तिमा रहेर काम गरिरहनुभएका व्यक्तित्व तथा निजी क्षेत्रका सरोकारवाला पक्षबीच छलफल सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छलफलमा कोभिड नियन्त्रण तथा रोकथामका लागि सरकार चाल्नु पर्ने कदमका बारेमा केन्द्रित हुने बताइएको छ ।
मुलुकभर कोभिड सङ्क्रमणका बिरामी तीव्र रूपले बढ्दै गएर महामारीको रूप लिन थालेपछि प्रधानमन्त्रीले सरोकारवाला पक्षसँग छलफल गर्न लाग्नु भएको हो ।
प्रधानमन्त्री ओलीले पदभार ग्रहणका क्रममा सरकारले कोभिड नियन्त्रण तथा रोकथामका लागि आफ्नो सबै ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । सोही प्रतिबद्धता अनुरूप उहाँले आज जनस्वास्थ्य विज्ञ तथा सरोकारवालासँगको छलफलका आधारमा आवश्यक कार्य योजना र कार्यनीति तय गर्ने तयारी गर्नुभएको बताइएको छ ।
कोभिड सङ्क्रमितहरूको उपचारका लागि अस्पतालमा शय्या तथा अक्सिजन सिलिण्डर नपाएको गुनासो बढ्दै गएपछि सरकारले त्यसमा केन्द्रित भएर काम गर्ने तयारी गरेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

प्रधानमन्त्री र जनस्वास्थ्य विज्ञहरूबीच छलफल सुरु
May 15, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
