२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025
२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025 Friday

६५ बर्षीय वृद्ध हत्या आरोपमा एकजना पक्राउ

प्रकाशित मिति : २०७८ जेष्ठ ३ गते
Photo : Halkaro
- ADVERTISEMENT -

चितवन / चितवनको ईच्छाकामना गाउँपालिका वडा नं. ६ का ६५ बर्षीय वृद्ध गोपी प्रजाको हत्या गरेको अरोपमा एक महिला पक्राउ परेकि छिन ।सोहि स्थान घर भएकि ४५ वर्षीया काईली भन्ने सर्किना चेपाङलाइ चितवन प्रहरीले पक्राउ गरेको हो ।
बैशाख ३१ गते ईच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित तिननम्बर पुलबाट अन्दाजि ५० मिटर तल खोल्सामा गोपी प्रजाको शव भेटिएको थियो । टाउकोमा चोट लागेको अवस्थामा प्रजाको शव भेटिएपछि चितवन प्रहरीले गहिरो गरी अनुसन्धान बढाएको थियो । अनुसन्धानको क्रममा स्थानीय सर्किना चेपाङलाई हिजो नियन्त्रणमा लिई उनलाई सोधपुछ गर्ने क्रममा उनले प्रजामाथी धारिलो हतियार प्रहार गरि घाईते अवस्थामा छोडेको बयान दिएको प्रहरीले जनाएको छ ।
घटनास्थल नजिक मृतक प्रजाले जबरजस्ती गर्न खोजेपछि प्रतिकार स्वरुप आफुले साथमा रहेको खुर्पाले टाउकोमा प्रहार गरेको उनले स्वीकार गरेको प्रहरीको भनाई छ । महिलाको साथबाट धारिलो हतियार (खुर्पा) बरामद गरिएको छ । घटनाको सम्वन्धमा थप अनुसन्धान भैरहेको छ ।

- ADVERTISEMENT -