२०८३ भाद्र २, मंगलवार
August 18, 2026
२०८३ भाद्र २, मंगलवार
August 18, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एमाले अन्ततः सकारात्मक मोडतर्फ

प्रकाशित मिति : २०७८ जेष्ठ ३ गते

काठमाडौं / सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी एमाले विवाद समाधानार्थ कार्यदल गठन गरिएको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आइतबार १० सदस्यीय कार्यदल टुंगो लगाएका हुन् । सिंहदरबारमा ओली र नेपालबीचको ‘वान टु वान’ वार्तापछि कार्यदल टुंगो लागेको हो ।
कार्यदलमा ओली समूहबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल तथा नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन् । ओली समूह नेतृत्व नेम्वाङले र नेपाल समूह नेतृत्व रावलले सम्हाल्ने भएका छन् ।
कार्यदललाई तीन दिनभित्र पार्टी विवाद समाधानको सुझावसहितको प्रतिवेदन बुझाउने समय दिइएको छ । त्यस अवधिमा कार्य सम्पन्न नभए ‘समय थप्न’ सकिने जनाइएको छ । वार्तापछि अध्यक्ष ओलीले पार्टी विवाद समाधान हुनेमा आफू सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।
२८ फागुनको निर्णय खारेज र २ जेठ २०७५ कै एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम हुनुपर्ने नेपाल समूहको मागमा अध्यक्ष ओली सहमत छन् । ओली र नेपालबीच कार्यदल बनाएरै सबै समस्या समाधान खोजिनेगरी छलफल हुँदै आएको छ ।
गत शुक्रबार र बिहीबार पार्टी विवाद ‘कसरी समाधान गर्ने रु’ भन्नेबारे केन्द्रित रहेर ओली र नेपालबीच छलफल भएको थियो । विवाद उत्कर्षमा पुगेकै बेला गत २७ वैशाखमा प्रधानमन्त्री ओलीलाई नेपाल समूहका सांसदले विश्वासको मतदान नगरी संसद् बैठक बहिष्कार गरेका थिए ।
दुवै समूह समानान्तरण कमिटी निर्माण गर्दै अघि बढेपछि पार्टी विवाद झन् बढदै गएको थियो । तर, नेताबीच कार्यदल गठन गरेर विवाद समाधान गर्ने सहमतिपछि एकता जोगिने विश्वास नेता कार्यकर्ताको छ ।
यो समाचार राजधानी दैनिकमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.67
153.27
European Euro
1
177.03
177.72
UK Pound Sterling
1
207.00
207.81
Swiss Franc
1
188.55
189.29
Australian Dollar
1
108.78
109.20
Canadian Dollar
1
110.17
110.60
Singapore Dollar
1
119.64
120.11
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.66
40.82
Qatari Riyal
1
41.88
42.05
Thai Baht
1
4.63
4.64
UAE Dirham
1
41.57
41.73
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
10.81
10.85
Swedish Kroner
1
16.10
16.16
Danish Kroner
1
23.68
23.77
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
497.22
499.17
Bahrain Dinar
1
404.95
406.54
Omani Rial
1
396.53
398.09