काठमाडौं / सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी एमाले विवाद समाधानार्थ कार्यदल गठन गरिएको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आइतबार १० सदस्यीय कार्यदल टुंगो लगाएका हुन् । सिंहदरबारमा ओली र नेपालबीचको ‘वान टु वान’ वार्तापछि कार्यदल टुंगो लागेको हो ।
कार्यदलमा ओली समूहबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल तथा नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन् । ओली समूह नेतृत्व नेम्वाङले र नेपाल समूह नेतृत्व रावलले सम्हाल्ने भएका छन् ।
कार्यदललाई तीन दिनभित्र पार्टी विवाद समाधानको सुझावसहितको प्रतिवेदन बुझाउने समय दिइएको छ । त्यस अवधिमा कार्य सम्पन्न नभए ‘समय थप्न’ सकिने जनाइएको छ । वार्तापछि अध्यक्ष ओलीले पार्टी विवाद समाधान हुनेमा आफू सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।
२८ फागुनको निर्णय खारेज र २ जेठ २०७५ कै एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम हुनुपर्ने नेपाल समूहको मागमा अध्यक्ष ओली सहमत छन् । ओली र नेपालबीच कार्यदल बनाएरै सबै समस्या समाधान खोजिनेगरी छलफल हुँदै आएको छ ।
गत शुक्रबार र बिहीबार पार्टी विवाद ‘कसरी समाधान गर्ने रु’ भन्नेबारे केन्द्रित रहेर ओली र नेपालबीच छलफल भएको थियो । विवाद उत्कर्षमा पुगेकै बेला गत २७ वैशाखमा प्रधानमन्त्री ओलीलाई नेपाल समूहका सांसदले विश्वासको मतदान नगरी संसद् बैठक बहिष्कार गरेका थिए ।
दुवै समूह समानान्तरण कमिटी निर्माण गर्दै अघि बढेपछि पार्टी विवाद झन् बढदै गएको थियो । तर, नेताबीच कार्यदल गठन गरेर विवाद समाधान गर्ने सहमतिपछि एकता जोगिने विश्वास नेता कार्यकर्ताको छ ।
यो समाचार राजधानी दैनिकमा छ ।
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/Chitwan-Mahotsav-2081-scaled-1.jpg)
एमाले अन्ततः सकारात्मक मोडतर्फ
May 17, 2021
![](https://newsprabah.com/wp-content/uploads/2021/05/Oli-Nepal.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/online-matter.webp)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/Hatti-Mahotsab-with-kalaka.gif)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/Prachanda.jpeg)
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/12-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/13-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/14-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/15-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/16-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/09/Central-college.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2021/01/S-P-Company.gif)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/13-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/14-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/15-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/16-gate.jpg)
भर्खर
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/02/Surya-add.gif)