काठमाडौं / निर्माणाधीन नागढुंगा सुरुङमार्गमा कार्यरत केही कामदारमा कोभिड–१९ देखिएसँगै कार्यरत आधा कामदार साइट छाडेर घर फर्किएका छन् । सुरुङमार्गमा कार्यरत ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजरसहित ३३ जना कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ । कोभिड–१९ को दोस्रो लहर देखा नपर्दासम्म आयोजनामा ६ सय ५० भन्दा धेरै कामदार कार्यरत थिए ।
घरका सदस्य र आफन्तमा कोभिड–१९ को संक्रमण देखिएको भन्दै करिब तीन सय कामदारले साइट छाडेर गएका हुन् । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक नरेशमान शाक्यले कोभिड–१९ को दोस्रो लहरले सुरुङमार्ग आयोजनामा आशिंक प्रभाव देखिन थालेको बताए । ‘आयोजनामा कार्यरत ३३ जनामा कोरोना संक्रमण देखिएसँगै कामदारहरू त्रसित भएर साइट छाड्ने बढिरहेका छन्,’ उनले भने, ‘कामदारका घरका सदस्य र आफन्त संक्रमित भएर पनि साइट छाड्ने बढेका हुन् ।’
आयोजना प्रमुख शाक्यले कार्यरतमध्ये ५० प्रतिशत कामदार कोभिड–१९ को मनोवैज्ञानिक त्रासको कारण साइट छाडेर घर गएको बताए । ‘अहिले संक्रमित ३२ जनाको साइटकै आइसोलेसनमा र एकजनाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ,’ उनले भने । आयोजनाले साइटमा नै अक्सिजनसहितको मेडिकल सुविधा उपलब्ध गराउँदै आएको छ । आयोजना प्रमुख शाक्यले केही कामदारले साइट छाडेर गए पनि अहिलेसम्म सुरुङमार्ग निर्माणको काम भने प्रभावित भइनसकेको दाबी गरे ।
‘अहिले पनि सुरुङ निर्माणको काम जारी छ,’ उनले भने, ‘कोभिड महामारीको समय भएकाले कति बेला के हुन्छ भनेर पूर्वानुमान गर्न सकिँदैन । अहिले हामीले कामदारको सुरक्षालाई मुख्य प्रथामिकतामा राखेर काम गराइरहेका छौंं ।’ आयोजना प्रमुख शाक्यले कामदारको सुरक्षामा उच्चतम सतर्कता अपनाउँदा अपनाउँदै पनि कोरोना संक्रमण देखिएको बताए । ‘निर्माण कम्पनीले क्याम्पभित्र कोभिड महामारी फैलिएको कारण मुख्य सुरुङको काम मात्रै नियमित गर्ने भनेको छ,’ उनले भने, ‘सुरुङ बाहेकका अन्य काम केही समयको लागि स्थगित गर्ने निर्णय गरेको छ ।’
आयोजनाका अनुसार कोरोना संक्रमण बढेसँगै काठमाडौंतर्फको पहुँचमार्ग, कल्भर्ट लगायतका काम भने प्रभावित भएको छ । अहिलेसम्म मुख्य सुरुङ ९७ मिटर खन्ने काम सकिएको छ । इभाक्युएसन टनेल (सुरुङ) तर्फ भने चार सय मिटर खन्ने काम भइसकेको छ । ‘निर्माण कम्पनीले क्याम्पभित्र कोभिड महामारी फैलिएको कारण मुख्य सुरुङको काम नियमित गर्ने भनेको छ,’ उनले भने, ‘सुरुङ बाहेकका अन्य काम भने केही समयको लागि स्थगित गर्ने निर्णय गरेको छ ।’
आयोजनाका अनुसार सुरुङ खन्ने र बाहिर खन्ने दुवैतर्फका कामदारमा कोभिड–१९ देखिएको छ । आयोजनाका अनुसार अहिलेसम्म सुरुङमार्गको भौतिक प्रगति १२ प्रतिशत भएको छ । हिमाल लम्सालले नागरिक दैनिकमा खबर लेखेका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

नागढुंगा सुरुङमार्ग निर्माण : आधा कामदारले छाडे काम

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.33
152.93

European Euro
1
174.09
174.78

UK Pound Sterling
1
204.22
205.03

Swiss Franc
1
188.77
189.52

Australian Dollar
1
105.69
106.10

Canadian Dollar
1
107.43
107.85

Singapore Dollar
1
117.82
118.28

Japanese Yen
10
9.38
9.42

Chinese Yuan
1
22.42
22.51

Saudi Arabian Riyal
1
40.57
40.73

Qatari Riyal
1
41.79
41.95

Thai Baht
1
4.56
4.57

UAE Dirham
1
41.48
41.64

Malaysian Ringgit
1
37.36
37.51

South Korean Won
100
10.07
10.11

Swedish Kroner
1
15.73
15.79

Danish Kroner
1
23.29
23.38

Hong Kong Dollar
1
19.44
19.51

Kuwaity Dinar
1
494.98
496.93

Bahrain Dinar
1
404.00
405.60

Omani Rial
1
395.64
397.20












