काठमाडौं / कोरोनभाइरस महामारी रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी भएको छ । भाइरस संक्रमणदर र मानवीय आवतजावत पनि नघटेकाले एक साता थप्ने तयारी भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए । मंगलबार बस्ने उपत्यकास्थित तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले निषेधाज्ञा थप्ने निर्णय गर्नेछ । साथै, थप आदेशहरु जारी गर्ने तयारीमा जिल्ला प्रशासनहरु छन् ।
‘संक्रमणदर पनि घटेन र मान्छेको आवतजावत पनि निरन्तर देखिएकाले निषेधाज्ञामा कडाइ गर्दै एकसाता थप्ने हाम्रो तयारी छ’ काठमाडौंका सीडीओ पराजुलीले नेपाल प्रेससँग भने । सरकारले गतसाता ल्याएको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशको पनि प्रभावकारी कार्यान्वयन गर्नुपर्ने भएकाले निषेधाज्ञालाई कडाइका साथ थप्ने पराजुलीले जानकारी दिए ।
‘अध्यादेशमा उल्लेख भएका प्रावधानलाई कार्यान्वयनमा लैजाँदै अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन नदिने, अनावश्यक हिँड्डुल गर्नेलाई होल्डिङ गर्ने र मास्क नलगाउनेलाई जरिवाना गर्ने कुरालाई कडाइका साथ कार्यान्वयन गरिनेछ’ सीडीओ पराजुलीले भने । निषेधाज्ञालाई थप कडाइ बनाउने तयारीमा जिल्ला प्रशासनहरु छन् ।
गृह मन्त्रालयले शनिबार तीनैवटा सुरक्षा निकाय र सबै जिल्ला प्रशासनलाई परिपत्र गर्दै मानिसहरुलाई घर बाहिर निस्कन नदिन र निषेधाज्ञालाई कडाइ गर्न निर्देशन दिएको थियो । अहिले जारी भएको काठमाडौं उपत्यकाको निषेधाज्ञा जेठ १३ गते मध्यरातमा सकिँदैछ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

निषेधाज्ञा एकसाता थपिदैँ, थप कडाई गर्ने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.21
154.81

European Euro
1
175.31
175.99

UK Pound Sterling
1
205.46
206.26

Swiss Franc
1
188.49
189.22

Australian Dollar
1
107.65
108.07

Canadian Dollar
1
109.41
109.83

Singapore Dollar
1
119.48
119.95

Japanese Yen
10
9.41
9.45

Chinese Yuan
1
22.77
22.86

Saudi Arabian Riyal
1
41.08
41.24

Qatari Riyal
1
42.32
42.48

Thai Baht
1
4.58
4.59

UAE Dirham
1
41.99
42.15

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
10.57
10.61

Swedish Kroner
1
15.88
15.94

Danish Kroner
1
23.46
23.55

Hong Kong Dollar
1
19.66
19.74

Kuwaity Dinar
1
501.01
502.96

Bahrain Dinar
1
408.99
410.58

Omani Rial
1
400.53
402.09













