काठमाडौँ / गायक रामकृष्ण ढकालले कोरोना संक्रमित नेपालीको उपचारका लागि १८ लाख सहयोग जुटाएका छन् । सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेका रामकृष्णले नेपालमा कोरोनाका बिरामीलाई अक्सिजन सिलिन्डर अभाव भएको खबर सुनेलगत्तै नेपाली तथा नेपाली भाषी भुटानीसँग अपिल गरेर पहिलो चरणमा १८ लाख रुपैयाँ सहयोग जुटाएका हुन् ।
‘नेपालमा यस्तो विषम परिस्थिति हुँदा म भने सांगीतिक कार्यक्रमको क्रममा अमेरिकामा आएको बेला यतै रोकिएको छु । म विनम्रतापूर्वक राख्न चाहन्छु कि एक नेपाली संगीत साधकका रूपमा आज मेरो जुन परिचय बनेको छ, त्यो सबै नेपाली दाजु/भाइ तथा दिदी/बहिनीको स्नेह, साथ र सद्भावकै कारण बनेको हो ।’
गायक ढकालले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘उहाँहरू नेपालमा कोरोनासँग जीवन-मरणको युद्ध लडिरहेका बेला अमेरिकामै रहेकै बेला पनि केही सहयोग पुर्याउन सकिन्छ कि भन्ने पवित्र भावनाले मैले केही दिनअघि अमेरिकामा रहेका मेरा आदरणीय स्रोता/दर्शकमाझ सहयोगको आव्हान गरेको थिएँ मेरो विनम्र अनुरोधमा अमेरिकामा रहेका मनकारी नेपाली तथा भुटानी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले खुला हृदयले सहयोग गर्नुभएको छ ।’
गायक ढकाल स्वयंले पनि ५ सय डलर सहयोग गरेको उल्लेख गरेका छन्। सो क्रममा पहिलो चरणमा जम्मा उक्त रकम महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रको नाममा रहेको हिमालय बैंकको खातामा जम्मा गरिएको छ । साथै रकम उठ्ने क्रम जारी रहेकाले दोस्रो चरणको सहयोग पनि यसरी नै काम गरिरहेका संस्थालाई प्रदान गर्ने समेत गायक ढकालले बताएका छन्।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सहयोग जुटाउँदै रामकृष्ण ढकाल, पहिलो चरणमा १८ लाख सहयोग

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.33
152.93

European Euro
1
174.09
174.78

UK Pound Sterling
1
204.22
205.03

Swiss Franc
1
188.77
189.52

Australian Dollar
1
105.69
106.10

Canadian Dollar
1
107.43
107.85

Singapore Dollar
1
117.82
118.28

Japanese Yen
10
9.38
9.42

Chinese Yuan
1
22.42
22.51

Saudi Arabian Riyal
1
40.57
40.73

Qatari Riyal
1
41.79
41.95

Thai Baht
1
4.56
4.57

UAE Dirham
1
41.48
41.64

Malaysian Ringgit
1
37.36
37.51

South Korean Won
100
10.07
10.11

Swedish Kroner
1
15.73
15.79

Danish Kroner
1
23.29
23.38

Hong Kong Dollar
1
19.44
19.51

Kuwaity Dinar
1
494.98
496.93

Bahrain Dinar
1
404.00
405.60

Omani Rial
1
395.64
397.20












