२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025
२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025 Friday

पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार

प्रकाशित मिति : २०७८ जेष्ठ १५ गते
- ADVERTISEMENT -

काठमाडौं / सरकारले पत्रकारलाई सरकारी अस्पतालहरुमा निशुल्क उपचार गर्ने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारहरुलाई निशुल्क स्वास्थ्य उपचार गर्ने घोषणा अर्थमन्त्री बिष्णु पौडेलले बजेटमार्फत् गरेका छन् ।
प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचयपत्रको आधारमा निशुल्क उपचार मिलाइने भएको छ । त्यसैगरी श्रमजीवी पत्रकारको लागि ७ लाखसम्मको दुर्घटना बीमामा लाग्ने ५० प्रतिशत प्रिमियम सरकारले दिने घोषणा समेत भएको छ ।
त्यसैगरी सरकारले बजेट मार्फत् भोभिडका कारण समस्यामा परेका पत्रकारहरुका लागि लेखनवृत्ति दिने घोषणा पनि गरेका छन् ।
त्यसैगरी राष्ट्रिय बीमा बोर्डलाई थप बलियो बनाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षमा स्वास्थ्य बीमालाई कम्तीमा ५० प्रतिशत नागरिकसम्म पुर्याउन आवश्यक काम गर्ने घोषणा पनि सरकारले गरेको छ ।

- ADVERTISEMENT -