काभ्रे / दैनिक ज्यालादारी गरी परिवार पाल्दै आएका २५ विपन्न घर परिवारलाई खाद्यान्न वितरण गरिएको छ । नेकपा (माओवादी केन्द्र) निकट मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेले उक्त परिवारलाई खाद्यान्न वितरण गरेको हो ।
महासंघले बनेपा, पनौती, बाँसघारी, बनेपा, जनागाल, भैंसेपाटी र नयाँबस्तीमा बसोबास गर्दै आएका श्रमिक, अपाङ्ग तथा जेष्ठ नागरिकहरुलाई सहयोग गरेका हुन् । नेकपा (माओवादी केन्द्र)का जिल्ला सदस्य भोला अर्याल र अखिल नेपाल ट्रेड युनियन महासंघ बनेपा नगर समितिले दाल, चामल, तेल, नुन, साबुन लगायतका सामान उपलब्ध गराएको हो ।
कोरोना संक्रमणको लहर बढिरहेको अवस्थामा संक्रमण रोकथाम र नियन्त्रणका लागि नगरपालिकाले नगर क्षेत्र शिल गरेपछि हातमुख जोड्न समेत धौ–धौ भएकाल सो खाद्यान्न उपलब्ध गराएका हुन् । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय सरकारले जारी गरेको निषेधाज्ञाका कारण नगर क्षेत्रमा विभिन्न ठाउँबाट आएर श्रम गरी परिवार पाल्दै आएका मजदुरहरुलाई परिवार पाल्न धौधौ पर्दै आएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

२५ विपन्न परिवारलाई खाद्यान्न सहयोग, निषेधाज्ञाले पाल्नै धौ–धौ
May 31, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
