चितवन / कोरोना भाइरस संक्रमणका कारण विद्यालयहरु बन्द भएपछि यसअघि लिइएका परीक्षा र आन्तरिक मूल्याकंनबाट वार्षिक नतिजा प्रकाशन गरिने भएको छ । बाल कक्षादेखि कक्षा ९ सम्मका विद्यार्थीको वार्षिक परीक्षाको नतिजा यही जेठ मसान्तभित्र गर्न लागिएको हो ।
शिक्षा विकास तथा समन्वय एकाइ चितवनका प्रमुख भूमिलाल सुवेदीका अनुसार विद्यालयले लिएको प्रथम त्रैमासिक परीक्षामा प्राप्त अंकको २० प्रतिशत र दोस्रो परीक्षामा प्राप्त अंकको ६० प्रतिशत अंक दिइने छ । बाँकी २० प्रतिशत विद्यार्थीको निरन्तर मूल्याकंनबाट अंक राखिने छ ।
विद्यार्थीको नियमित क्रियाकलाप, विभिन्न परियोजना, शिक्षक शिक्षिकाले विद्यार्थी र अभिभावकसँग गरिएका कल रिपोर्ट, अनलाइन परीक्षा लिएको भए त्यसमा प्राप्त अंकलगायतबाट २० अंक दिन लागिएको सुवेदीले जानकारी दिए ।
यही जेठ २५ गतेभित्र कक्षा ८ का विद्यार्थीको अंक सम्बन्धित पालिकामा पठाउन भनिएको छ । पालिकामार्फत कक्षा ८ को नतिजा सार्वजनिक गरिने छ । अन्य कक्षाको जेठ मसान्तभित्र नतिजा सार्वजनिक गर्न परिपत्र गरिएको सुवेदीले बताए । जिल्लाका निजी र केही सरकारी विद्यालयले निषेधाज्ञाको समयमा भर्चुअल माध्यमबाट परीक्षा र पढाइसमेत गरेका छन् ।
जिल्लामा ३२३ सामुदायिक र २१६ संस्थागत विद्यालय छन् । ती विद्यालयमध्ये सामुदायिकमा ७७ हजार ३३९ र संस्थागतमा ५७ हजार ४६३ विद्यार्थी अध्ययनरत छन् । नतिजा प्रकाशनसँगै आगामी असार १ गतेबाट नयाँ शैक्षिक सत्र शुरु हुनेछ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनका विद्यालयहरु वार्षिक नतिजा तयार गर्दै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.23
152.83

European Euro
1
173.75
174.43

UK Pound Sterling
1
204.10
204.91

Swiss Franc
1
188.28
189.02

Australian Dollar
1
105.84
106.26

Canadian Dollar
1
107.53
107.96

Singapore Dollar
1
117.85
118.31

Japanese Yen
10
9.41
9.45

Chinese Yuan
1
22.46
22.55

Saudi Arabian Riyal
1
40.55
40.71

Qatari Riyal
1
41.78
41.94

Thai Baht
1
4.57
4.59

UAE Dirham
1
41.45
41.61

Malaysian Ringgit
1
37.40
37.55

South Korean Won
100
10.15
10.19

Swedish Kroner
1
15.75
15.82

Danish Kroner
1
23.25
23.34

Hong Kong Dollar
1
19.42
19.49

Kuwaity Dinar
1
494.65
496.60

Bahrain Dinar
1
403.76
405.35

Omani Rial
1
395.38
396.94













