२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025
२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025 Friday

जन्मदिनमा १५ परिवारलाई १ महिनाको खाद्यान्न सहयोग

प्रकाशित मिति : २०७८ जेष्ठ २१ गते
Photo : A to z Samachar
- ADVERTISEMENT -

चितवन / जन्मदिनको अवसर पारेर चितवनका एक युवा उद्यमीले राहत सामग्री वितरण गरेका छन् । भरतपुर–२ निवासी चितवनका युवा उद्यमी एवं पोल्ट्री व्यवसायी मनोज रानाभाटले आफ्नो जन्मदिनको अवसरमा सुकुम्बासी वस्तीमा विपन्न परिवारलाई राहत सामाग्री वितरण गरेका हुन् ।
उनले भरतपुर महानगरपालिका वडा नम्बर–२, आंँपटारीमा रहेका १५ अति विपन्न घरधुरीलाई एक महिनालाई पुग्ने चामल, दाल, तेल, नुन लगायतका खाद्य सामाग्री दिएका हुन् । कोरोना कहरका बेला अति विपन्न परिवारलाई लक्षित गर्दै राहत सामाग्री वितरण गरिएको उनले बताए ।
जन्मदिन र अन्य पार्टी, भोजमा गरिने फजुल खर्चलाई सामाजिक कार्यमा खर्च गरे सामाजिक दायित्व बोध हुने सन्देश जाने उनको भनाइ थियो । केही बर्षदेखि आफूले व्यवसायबाट गरेको आम्दानीबाट केही रकम बचाएर यस्तै सामाजिक काम र दीनदुखीको लागि खर्च गर्दै आएको उनले भने ।
उक्त बस्तीमा झण्डै ३०० घरधुरी सुकुम्बासी घरधुरी रहेको अनुमान छ । दैनिक ज्यालादारी गर्ने एवं मागेर पनि खान नसक्ने घरपरिवारलाई छनोट गरी राहत वितरण गरिएको हो ।

- ADVERTISEMENT -