२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

चितवनमा थप १३८ संक्रमित, ४२ जना निको

प्रकाशित मिति : २०७८ जेष्ठ २१ गते
- ADVERTISEMENT -

चितवन / चितवनमा पछिल्लो २४ घण्टामा थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ४१० पुगेका छन् ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार ३४४ जनाले अस्पतालमा उपचार गराइरहेका छन् भने बाँकी होम आइसोलेशनमा रहेका छन् । यस्तै ४२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमा १ जना चितवनका रहेका छन् बाँकी बाहिरी जिल्लाका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट २२५ चितवनवासीको मृत्यु भइसकेको छ ।

- ADVERTISEMENT -