February 8, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा थपिए ८० संक्रमित, २७ जना डिस्चार्ज

June 9, 2021

चितवन / चितवनमा पछिल्लो २४ घण्टामा ८० जना कोरोना संक्रमित थपिएका छन् । जसमा भरतपुर महानगरपालिकामा ३२ जना, खैरहनी नगरपालिकामा १० जना, माडीमा ६ जना, रत्ननगरमा १६ जना, राप्तीमा १४ जना र कालिकामा २ जना रहेका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
त्यस्तै चितवन जिल्लाका विभिन्न अस्पतालमा गरेर ३१२ जना बिरामीहरुको उपचार भइरहेको छ । जसमध्ये आईसीयूमा ११७ जना, भेन्टिलेटरमा ३५ जना, एचडीयूमा ५० जना र जेनरल बेडमा १४५ जनाको उपचार भइरहेको छ ।
यस्तै एकै दिन पाँच जना कोरोना संक्रमितको निधन भएको छ । मृतकमध्ये चितवनका २ जना हुन् भने चितवन बाहिरका ३ जना रहेका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार मृतक मध्ये भरतपुर अस्पतालमा २ जना, चितवन मेडिकल कलेजमा १ जना र पुरानो मेडिकल कलेजमा १ जना रहेका छन् ।
त्यसैगरी चितवनका विभिन्न अस्पतालहरुबाट २७ जना बिरामी डिस्चार्ज भएका छन् ।

- ADVERTISEMENT -