२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

जीप दुर्घटना : एकको मृत्यु, तीन घाइते

प्रकाशित मिति : २०७८ जेष्ठ ३० गते
- ADVERTISEMENT -

उदयपुर / उदयपुरको ताप्ली गाउँपालिका–४ स्थित पोखरीडाँडाको भित्री कच्ची सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
शनिबार साँझ ८ बजेको समयमा सिरहाको लहानबाट छुटेको बा १८ च १५६७ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका–१० का ६० वर्षीय इन्द्रबहादुर विक रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।
उक्त दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा कटारी नगरपालिका–१० का चालक ३५ वर्षीय डाकनारायण श्रेष्ठ, ताप्ली–४ का ३० वर्षीय झगरबहादुर सार्की र ताप्ली–४ कै २६ वर्षीय डम्बरबहादुर तामाङ रहेको रहेका छन् ।
घटनालगत्तै इलाका प्रहरी कार्यलय कटारी र ताप्ली प्रहरी चौकीबाट उद्धारका लागि पुगेका प्रहरीले घाइते तीनै जनालाई उपचारको लागि कटारी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, उक्त जीप सडकबाट करीब २०० मिटर तल खसेको र घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

- ADVERTISEMENT -