२०८३ असार २९, सोमबार
July 13, 2026
२०८३ असार २९, सोमबार
July 13, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सारथी बन्दै रेखा, चौथो पटक ३० विपन्नलाई राहत

प्रकाशित मिति : २०७८ जेष्ठ ३१ गते

चितवन / इच्छाकामना गाउँपालिका वडा नं ३ फिस्लिङ (ढुस्सा)का ३० विपन्न चेपाङ परिवारलाई खाद्यान्न सामग्री सहयोग गरिएको छ । ‘फेसबुक अभियान’मार्फत् संकलन भएको रकमबाट चौथो चरणको कार्यक्रम अन्तर्गत आइतबार सो ठाउँका विपन्न चेपाङ परिवारलाई राहत सामग्री वितरण गरिएको सामाजिक अभियन्ता रेखा लोप्चन तामाङले जानकारी दिए ।
उक्त राहत सामग्री फेसबुक अभियान टिमका सदस्य तथा युवा नेता अल्पभाषी शिव, वडा अध्यक्ष श्री गोवर्धन अधिकारी, कार्यपालिका सदस्य दमनकुमारी चेपाङ, चेपाङ संघका केन्द्रिय उपाध्यक्ष बिल चेपाङ, इच्छाकामना गाउँपालिका माओवादी केन्द्र इन्चार्ज प्रताप गुरुङको रोहवरमा हस्तान्तरण गरिएको हो । उक्त विपन्न चेपाङ परिवारलाई राहत स्वरुप चामल एक बोरा, दाल, तेल, नूनलगायतका सामग्री दिइएको हो ।


‘गाउँगाउँमा पुगेर नै राहत सामग्री वितरण गरेका छौं ।’ उनले भने, ‘सकेभर राहत पारदर्शी ढंगले होस् भनी अनुगमनलाई प्राथमिकता राखेका छौं ।’ ‘व्यक्ति विशेषलाई राहत दिँदा यसअघि घोटाला भएकाले अहिले हामी नै सम्बन्धित ठाउँमा पुग्ने गरेका छौं ।’
उनले यो महामारीमा सबैले आ–आफ्नो क्षेत्रबाट मानवीय कार्यका एकजुट हुनुपर्ने र सके सहयोग, नसके समर्थन गर्नुहुन अनुरोध गरिन् । यो विषम परिस्थितिमा अहिलेको जरुरी भनेको हातेमालो भएको उनको भनाइ थियो ।

- ADVERTISEMENT -

Advertisement


राहत कार्यक्रममा युवा नेता अल्पभाषी शिवले सहजीकरण गरेका थिए भने बजार ब्यवस्थापन विनोद बगदास र यातायात व्यवस्थापन प्रताप गुरुङले गरेका थिए । साथै देश तथा विदेशबाट रकम सहयोग गर्नुहुने सहयोगी मनहरुप्रति धन्यवाद साथै प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पूर्णमा उनले आभार प्रकट गरेकी थिइन् ।
यसअघि पनि ‘फेसबुक अभियान’बाट संकलित रकमबाट विभिन्न ठाउँमा राहत सामग्री वितरण गरी सकिएको छ भने अझै पनि महामारी कायमै रहे यसलाई निरन्तरता दिइने उनले बताइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.23
152.83
European Euro
1
173.75
174.43
UK Pound Sterling
1
204.10
204.91
Swiss Franc
1
188.28
189.02
Australian Dollar
1
105.84
106.26
Canadian Dollar
1
107.53
107.96
Singapore Dollar
1
117.85
118.31
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.46
22.55
Saudi Arabian Riyal
1
40.55
40.71
Qatari Riyal
1
41.78
41.94
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.45
41.61
Malaysian Ringgit
1
37.40
37.55
South Korean Won
100
10.15
10.19
Swedish Kroner
1
15.75
15.82
Danish Kroner
1
23.25
23.34
Hong Kong Dollar
1
19.42
19.49
Kuwaity Dinar
1
494.65
496.60
Bahrain Dinar
1
403.76
405.35
Omani Rial
1
395.38
396.94