जनकपुरधाम / प्रदेश २ सरकारले अगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट ल्याएको छ । प्रदेससभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बिजय कुमार यादवले बजेट प्रस्तुत गर्दै कुल बजेटको चालुतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार र पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार रुपैयाँ विनियोजन गरेका हुन् ।
उनका अनुसार वित्तीय व्यवस्थापनतर्फ १० करोड रुपैयाँ विनियोजन भएको छ । बजेटमा १ अर्ब आन्तरिक ऋण परिचालन गरिने मन्त्री यादवले बताए । उनले कोभिड–१९ केन्द्रित बजेट ल्याएको भन्दै जनताको सुरक्षामा सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए ।
प्रदेश २ मा ३३ अर्ब ७९ करोडको बजेट, कोरोना नियन्त्रणलाई प्राथमिकता

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
