काठमाडौं / पछिल्लो २४ घण्टामा नेपालमा २२९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
पीसीआर विधिबाट १५८४ र एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो । सोमबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख २२ हजार ६४० र एन्टिजेनबाट २७ हजार ३०८ जना पुगेको छ । यस्तै, आज थप ३ हजार १३० जना कोरोना संक्रमण मुक्त भएका छन् ।
यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ५९ हजार ९२८ पुगेको छ । निको हुनेको दर ८९.९ प्रतिशत छ ।
आज संक्रमणबाट थप ४६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ८ हजार ७७२ पुगेको छ ।
नेपालमा थप २२९७ संक्रमित, निको ३१३० जना
June 21, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
