काठमाडौं / मेलम्चीबाट हेलम्बुसम्मको सडक र पुल बाढीका कारण बगाउँदा मेलम्ची खानेपानी आयोजनामा भएको क्षतिको मर्मत गर्न नसकिने भएको छ । सो स्थानमा पहिले सडक सञ्चालन भएपछि नै उपकरण लगेर मर्मत गर्न सकिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
आयोजनाका विभिन्न पूर्वाधारमा क्षति पुगेको अनुमान गरिए पनि त्यसको मर्मतका लागि उपकरण पु¥याउन नसकिने अवस्था छ । ठाउँठाउँमा गरी आयोजना निर्माणस्थल प्रदेशमार्गमा पाँच–छ किमी सडक क्षतिग्रस्त भएको अनुमान गरिएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनले भने, “सङ्घीय सरकार र स्थानीय सरकार मिलेर सडक चाँडो मर्मत गर्न आवश्यक छ ।”
बाढीकै कारण त्यस क्षेत्रमा पाँच पुल बगाएको छ । हेडवर्कमा भएको तीन र मेलम्ची नदीमा दुई पुल बाढीका कारण क्षतिग्रस्त बनेको सूचना अधिकारी पन्तले बताए । क्षति भएकामध्ये दुई कङ्क्रिटको पुल र तीन बेलिब्रिज रहेको छ । फेरि पनि पक्की पुल बनाउन प्रक्रियामा जाँदा दुई९तीन वर्ष लाग्ने भएकाले यसको तत्काल समाधान खोज्न लागिएको उनले बताए ।
सडक विभाग र नेपाली सेनासँग प्रकोपमा प्रयोग गर्न तयारी अवस्थामा बेलिब्रिज राखिएको हुन्छ । उनले भने, “त्यसको प्रयोग गरेर पनि चाँडो हेलम्बुसम्म सडक खुलाउन खानेपानी मन्त्रालयले समन्वय गरिरहेको छ ।”
कति छिटो सडक मर्मत गरेर उपकरण लैजान सकिन्छ आयोजनामा पुगेको क्षतिको मर्मत उति चाँडो गर्न सकिने देखिएको छ । सडक एकातर्फबाट खुलाउँदा पनि निर्माणस्थलसम्म पुग्न सकिने सूचना अधिकारी पन्तले बताए । विभिन्न स्थानमा सडक पूरै भासिएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सडक र पुल नबन्दासम्म मेलम्ची आयोजना मर्मतमा कठिनाइ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

नारायणी महोत्सव : आज सञ्जीव र लक्ष्मीको सांगीतिक प्रस्तुति, साँझ कुमा सागरको लाइभ कन्सर्ट

नारायणी महोत्सव : रविन र ताराको प्रस्तुतिमा झुमे दर्शक

प्रधानमन्त्री बालेनको भारत भ्रमण टोलीका यी हुन् ३५ सदस्य

प्रधानमन्त्री बालेन राजकीय भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान

नारायणी महोत्सवमा निश्चलको गीतमा झुमे दर्शक, आज रविन र ताराको प्रस्तुति
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.98
148.58

European Euro
1
162.30
162.96

UK Pound Sterling
1
193.59
194.38

Swiss Franc
1
176.14
176.85

Australian Dollar
1
97.92
98.32

Canadian Dollar
1
103.18
103.59

Singapore Dollar
1
114.71
115.17

Japanese Yen
10
9.33
9.37

Chinese Yuan
1
22.16
22.25

Saudi Arabian Riyal
1
39.44
39.60

Qatari Riyal
1
40.61
40.78

Thai Baht
1
4.35
4.37

UAE Dirham
1
40.29
40.46

Malaysian Ringgit
1
35.98
36.13

South Korean Won
100
10.99
11.04

Swedish Kroner
1
14.47
14.53

Danish Kroner
1
21.71
21.80

Hong Kong Dollar
1
18.88
18.95

Kuwaity Dinar
1
478.90
480.84

Bahrain Dinar
1
392.31
393.90

Omani Rial
1
384.35
385.91








