February 15, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पाँच विद्यार्थी संगठनले ७७ वटै जिल्लामा प्रदर्शन गर्ने

June 28, 2021
Photo : tukhabar

काठमाडौं / संसद विघटनविरुद्ध पाँच विद्यार्थी संगठनले देशव्यापी रुपमा प्रदर्शन गर्ने भएका छन् ।
विघटनविरुद्ध नेपाल विद्यार्थी संघ, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिलछैटौं लगायत पाँच विद्यार्थी संगठनका नेताहरुको देशव्यापी प्रदर्शन गर्ने भएका हुन् ।
सोमबार बिहान बसेको उक्त विद्यार्थी संगठनको बैठकले विघटन विरुद्ध सामूहिक प्रतिवाद गर्ने निर्णय गरेको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा देशभरका ७७ वटै जिल्लामा प्रदर्शन गर्ने जनाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ । स्वतन्त्र अदालतको निर्णयमा हस्तक्षेप नगर्न पाँच विद्यार्थी संगठनले सरकारको ध्यानाकर्षण स्वरुप दबाब दिएका हुन् ।

- ADVERTISEMENT -