February 6, 2025
- ADVERTISEMENT -

एक महिलाले बाटैमा शिशु जन्माएपछि … !

July 4, 2021
sketch

काभ्रे / पहिरोले बीपी राजमार्ग अवरोध हुँदा रोशी गाउँपालिका वडा नं. १२ को माम्ती खोलानेर बाटैमा एक महिलाले शिशु जन्माएकी छिन् । उक्त सडक खण्ड अवरुद्ध भएपछि अलपत्र परेका ती महिलालाई सुत्केरी बेथा लागेपछि शिशु जन्माएकी प्रहरीले जनाएको छ ।
सिन्धुलीबाट आएका एक भाडाको बसमा सवार भई काठमाण्डौतर्फ जाँदै गरेका ती महिलालाई लामो समयसम्म जाममा परेकाले सुत्केरी बेथा लागि सोही स्थानमा शिशुलाई जन्म दिएकी प्रहरीको भनाइ छ ।
उक्त स्थानमा खटिएको प्रहरी टोलीले आमा छोरीलाई तत्काल उपचारको लागि धुलिखेल अस्पतालमा लगिएको थियो । प्रहरीका अनुसार अस्पतालमा आधारित एकद्धार संकट व्यवस्थापन केन्द्रद्वारा निःशुल्क उपचारको व्यवस्था मिलाइएको छ भने हाल आमा र शिशु दुबैको अवस्था सामान्य रहेको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -