२०८२ बैशाख २९, सोमबार
May 12, 2025
२०८२ बैशाख २९, सोमबार
May 12, 2025 Monday

चितवनमा थप १०७ मा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : २०७८ असार २५ गते
- ADVERTISEMENT -

चितवन / चितवनमा १०७ जना कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनको तथ्यांकले देखाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार संक्रमितहरु ७४ जना पिसिआर बिधिबाट र ३३ जना एण्टिजिन प्रबिधिबाट परीक्षणपछि पुष्टि भएको हो । योसँगै जिल्लामा सक्रिय सङ्क्रमितको संख्या १७ हजार २ सय ६ पुगेको छ ।
जसमध्ये १ हजार २ सय ४४ जना होम आइसोलेसनमा रहेका छन् भने १ सय ५ जना अस्पतालमा उपचररत रहेका छन् । जिल्ला पछिल्लो चौबिस घण्टामा कोरोनाका कारण मृत्यु शून्य छ ।
जिल्लामा हालसम्म १७ हजार २०६ जनामा संक्रमण भइसकेको छ । जसमध्ये १५ हजार ५३७ जना निको भईसकेका छन् भने २९१ जनाको मृत्यु भएको छ ।

- ADVERTISEMENT -