Opens in a new tab
२०८३ आश्विन १३, मंगलवार
September 29, 2026
२०८३ आश्विन १३, मंगलवार
September 29, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बेहुला बेहुली तीन दिनसम्म ट्वाइलेट जान बन्देज !

प्रकाशित मिति : २०७८ असार २६ गते

एजेन्सी / देश अनुसारको भेष, संस्कार परम्परा पनि आ–आफ्नै किसिमका हुन्छन् । यस्तै विवाह पनि फरक फरक हुने गरेको पाइएको छ । यस्तै इण्डोनेशियामा पनि फरक र विचित्र किसिमको बिहे हुने गरेको पाइएको छ ।
इण्डोनेसियामा अनौठो बिहे संस्कार छ । त्यहाँको एक समुदायमा बिहे गरेको तीन दिनसम्म नवविवाहित बेहुला बेहुलीलाई शौचालय जान प्रतिबन्ध लगाइन्छ ।
इण्डोनेसियाको टिडंग समुदायमा यस्तो अनौठो परम्परा छ । यो परम्पराका विषयमा उक्त समुदायमा विभिन्न आस्था तथा मान्यताहरु छन् । त्यसैले उनीहरु यसलाई निकै महत्वपूर्ण मानेर पूर्णरुपमा पालना गर्दछन् ।
विवाह एक पवित्र समारोह हो र यदि नवविवाहित बेहुला बेहुलीहरु शौचालय गएमा त्यसले पवित्रता भंग गर्दछ र उनीहरु अशुद्ध बन्दछन् भन्ने मान्यताका साथ बिहेको तीन दिनसम्म बेहुला बेहुलीलाई ट्वाइलेट जान दिइँदैन । अटेर गरेर ट्वाइलेट गएमा त्यसलाई अशुभ मानिन्छ ।
यो परम्पराका पछाडिको अर्को कारण चाहिँ नवविवाहित जोडीलाई खराब नजरबाट बँचाउनु हो रे । उक्त समुदायमा के मान्यता छ भने मलमुत्र त्याग गर्ने ठाउँ अर्थात् ट्वाइलेट दुर्गन्धित हुने हुनाले त्यहाँ नकारात्मक शक्तिहरु हुन्छन् । यदि बिहे लगत्तै बेहुला बेहुली ट्वाइलेट गएमा उनीहरुमाथि नकारात्मकताको प्रभाव पर्न सक्दछ । त्यसले उनीहरुको दाम्पत्य जीवनमा समस्या ल्याउन सक्दछ र सम्बन्धमै फाटो आएर दाम्पत्य जीवन नै टुट्न सक्दछ भन्ने मान्यता सो समुदायमा रहेको छ ।
बिहेको तुरुन्तै पछि यदि बेहुला बेहुलीले शौचालयको प्रयोग गरेमा त्यो उनीहरुका लागि निकै हानिकारक हुनसक्ने मान्यता उनीहरुमा छ । त्यसो गर्दा दुईमध्ये कुनै एकजना ज्यानमै खतरा हुनसक्छ भनिन्छ ।
विवाहको तीन दिनसम्म ट्वाइलेट जान नपाउने परम्परा सजिलैसँग निभाउन सकुन् भन्नका लागि बेहुला बेहुलीलाई खाना तथा पानी कम दिइन्छ । उनीहरुको कडारुपमा निगरानी पनि गरिन्छ ।
नवविवाहित जोडीलाई तीन दिनसम्म घरभित्रै नजरबन्दमा राख्ने यो परम्परा पूर्ण पालना गर्दा बेहुला बेहुलीमा बलियो आत्मीय सम्बन्ध कायम हुने र स्वस्थ तथा खुसी बच्चा जन्मिने विश्वास रहिआएको छ ।
विज्ञहरुका अनुसार यति लामो समयसम्म दिसा पिसाब रोकिराख्नाले स्वास्थ्यमा नकारात्मक असर पार्दछ । तर यो समुदाय आफ्नो परम्पराका खातिर स्वास्थ्य समस्याहरु झेल्न तयार छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.28
153.88
European Euro
1
174.32
175.00
UK Pound Sterling
1
203.16
203.96
Swiss Franc
1
184.32
185.04
Australian Dollar
1
107.50
107.92
Canadian Dollar
1
108.23
108.65
Singapore Dollar
1
119.87
120.34
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.84
22.93
Saudi Arabian Riyal
1
40.83
40.99
Qatari Riyal
1
42.05
42.22
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.73
41.89
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.27
11.32
Swedish Kroner
1
15.38
15.44
Danish Kroner
1
23.32
23.41
Hong Kong Dollar
1
19.54
19.62
Kuwaity Dinar
1
498.15
500.10
Bahrain Dinar
1
406.61
408.20
Omani Rial
1
398.12
399.68