२०८२ माघ ४, आईतवार
January 18, 2026
२०८२ माघ ४, आईतवार
January 18, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगरमा सुजिताको लागि न्याय माग्दै दिप प्रज्वलन

प्रकाशित मिति : २०७८ असार २७ गते
- ADVERTISEMENT -

रत्ननगर / सुजिता भण्डारीको न्यायको निम्ती रत्ननगरमा दिप प्रज्वलन गरिएको छ । अनेरास्ववियु जिल्ला कमिटि चितवनले रत्ननगरको सौराहाचोकमा सुजिता भण्डारीको न्यायको निम्ती दिप प्रज्वलन गरेको हो ।
दिप प्रज्वलन कार्यक्रममा वोल्दै प्रमुख अतिथी समेत रहेका अनेरास्ववियुका पुर्व अध्यक्ष केशब आचार्यले सुजिता भण्डारीको शव भेटीएको लामो समय भइसक्दा समेत घटनाको सत्य तथ्य वाहिर नआएको भन्दै घटनाको सत्य तथ्य यथाशिघ्र सार्वजनिक गर्न सरकार समक्ष माग गरे ।
अनेरास्ववियु जिल्ला अध्यक्ष साकार लामाले पछिल्लो समय विद्यालय,गाउँघर,बजार लगायतका ठाँउहरु सुरक्षीत नभएको कारण यस्ता घटना घटिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य रामशरण कुवँर,पार्वती न्यौपाने,राजेन्द्र हमाल,एमाले रत्ननगर नगर कमिटी अध्यक्ष बद्रि घिमीरे,सचिव एन्जीला कुवँर लगायतको उपस्थिती रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -