२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026
२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026 Sunday

मकवानपुरमा थप एक साता निषेधाज्ञा 

प्रकाशित मिति : २०७८ असार ३१ गते

मकवानपुर / कोरोनाभाइरस (कोभिड–१९) संक्रमण रोगथाम तथा नियन्त्रणका लागि मकवानपुरमा जारी गरिएको निषेधाज्ञा अझै एक साता थप गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बिहिबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो ।
सो बैठकले आज असार ३१ गते राति १२ बजेदेखि साउन ७ गते बिहिबार राति बजेसम्म गरी थप एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
बैठकले जिल्लामा कोरोना संक्रमितको दर घट्दै गएको तर, जोखिम यथावत नै रहेको हुँदा संक्रामक रोग २०२० को दफा २, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम जारी निषेधाज्ञालाई निरन्तरता दिइने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए ।
उनका अनुसार, आज बसेको उक्त बैठकले पसल व्यवसायको सन्दर्भमा अत्यावश्यक उपभोग्य वस्तु खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी विक्रीवितरण गर्ने व्यवसायहरु बिहान ४ः ०० बजेदेखि विहान ११ः ०० बजेसम्म खोल्ने दिने निर्णय गरेको छ ।
यसैगरी, बैठकले पुस्तक तथा स्टेशनरी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसलहरू, हार्डवेयर पसल, भाँडा पसल, कपडा पसल, टेलर, जुत्ता चप्पल पसल, सुनचाँदी पसल, कस्मेटिक पसल, फर्निचररफर्निसिङ, सवारी साधन मर्मत गर्ने वर्कसप तथा मोटर पार्टस् बिक्री वितरण गर्ने व्यवसायहरु बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
यस्तै, रेष्टुरेन्ट, मिठाई तथा खाजा पसलहरूबाट होम डेलिभरी गर्ने गरी बिहान ११ बजेदे बेलुका ६ बजेस खोल्न दिने र पसल तथा व्यवसाय सञ्चालन गर्दा अनिवार्य रूपमा मास्कको प्रयोग, भौतिक दूरी कायम गराई जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने र भिडभाड नहुने गरी सञ्चालन गर्नुपर्ने उक्त बैठकले निर्णय गरेको छ ।
त्यस्तै सार्वजनिक सवारीसाधन बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म संचालन गर्न पाइने, औद्योगिक कच्चा पदार्थ, तयारी उत्पादन तथा खाद्यान्न बोक्ने सवारीसाधनहरु हेटौँडा बजार क्षेत्रभित्र बिहान १० बजेदेखि ४ बजेसम्म संचालन गर्न पाइने एवम् लोड अनलोड गर्न पाइने भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
यसैगरी, लामो दुरीका सवारीसाधन, मालबहाक सवारीसाधन तथा निर्माण सामाग्री ढुवानी साधनहरु यस जिल्लामा नरोकिने गरी आवतजावत गर्न दिने भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.71
152.31
European Euro
1
176.64
177.34
UK Pound Sterling
1
203.59
204.39
Swiss Franc
1
193.83
194.60
Australian Dollar
1
108.64
109.07
Canadian Dollar
1
109.84
110.27
Singapore Dollar
1
118.76
119.23
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.43
40.59
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.31
41.47
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.64
23.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
494.65
496.61
Bahrain Dinar
1
402.39
403.98
Omani Rial
1
394.05
395.61