चितवन / चितवनमा भेटिएको एक पुरुषको शवको पहिचान खुलेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १७ मानसिङ्चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा भेटिएको शवको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता (डिएसपी) सूर्यबहादुर थापाले जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार मृत्यु भएका पुरुष धादिङ निलकण्ठ नगरपालिका घर भई नेपाली सेनाको महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज टोखामा कार्यरत हुद्दा ३६ वर्षीय भरत गुरुङ् हुन् ।
उनको दाहिने कानमा र अर्को कानको माथिपट्टि भागमा चोट देखिएको छ भने घटनास्थलमा गोलीको एउटा खोका पनि भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई घोलमा गडेको अवस्थामा फेला पारेको हो ।
उक्त शव पोष्टमाटमका लागि भरतपुर अस्पताल लगिएको छ भने घटनाको थप अनुसन्धान सुरु गरिएको उनले बताए ।
- ADVERTISEMENT -
भरतपुरमा मृत भेटिएका पुरुष सैनिक हवल्दार भएको खुलासा
July 22, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -