April 13, 2024

सिस्नेरी सडकखण्डमा सुख्खा पहिरो, यातायात अवरुद्ध

July 23, 2021

मकवानपुर / मदन भण्डारी राजमार्ग अन्तरगत पर्ने कुलेखानी–सिस्नेरी–दक्षिणकालिका सडकखण्डमा आज बिहानैदेखि यातायात अवरुद्ध भएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३ रामचन्द्र भञ्ज्याङ् सडकमा आज बिहान सुख्खा पहिरो जाँदा उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
प्रवक्ता रिमालका अनुसार, बिहान करिब ३५ मिटर सुख्खा पहिरो जाँदा यातायात अवरुद्ध भएको हो ।
उक्त स्थानमा सडक विभागको प्राविधिकसहितको टोली गइसकिएको र आजै अपराह्नसम्म पहिरो हटाई यातायात संचालन गर्ने प्रयास भइरहेको सिस्नेरी प्रहरी चौकीले जनाएको छ ।

- ADVERTISEMENT -