२०८३ श्रावण १, शुक्रबार
July 17, 2026
२०८३ श्रावण १, शुक्रबार
July 17, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा ९ लाखका लागि साथीको हत्या

प्रकाशित मिति : २०७८ श्रावण ८ गते

चितवन / चितवनमा आफ्नै साथीको हत्या गर्ने एक जना पक्राउ परेका छन् । नेपाली सेनाको महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज टोखामा कार्यरत रहेका गंगाधर ढकालले सोही गणमा कार्यरत जवान भरत गुरुङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
हिजो बिहीबार बिहान भरतपुर महानगरपालिका वडा नम्बर १७ सिमलडाँडाको नहरमा भरतको शव फेला परेको थियो । ३६ वर्षीय भरत धादिङ निलकण्ठ नगरपालिका निवासी हुन् । भरतको टाउकोमा गोली लागेको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओम अधिकारीले ढकाललाई हिजो भरतपुर १८ चनौलीबाट पक्राउ गरिएको जानकारी दिए । भरतलाई रक्सी खुवाएर गंगाधरले राति मोटरसाइकलमा डुलाएको र नहरमा पुगेपछि पिसाब फेर्ने बहानामा झर्न लगाई गोली हानेर भागेको पाइएको एसपी अधिकारीले बताए ।
घटनास्थलबाट एक थान गोलीको खोका बरामद गरिएको अधिकारीले जनाए । यस्तै घटनामा प्रयोग गरिएको मोटरसाइकल, बन्दुक, गोली समेत बरामद गरिएको एसपी अधिकारीले जनाए ।
९ लाख रुपैयाँका लागि ढकालले आफ्नै साथीको हत्या गरेको पाइएको एसपी अधिकारीले बताए । भरतको बैंकमा रहेको रकम गंगाधरले किर्ते गरेर निकालेको र पैसा निकालेपछि भरतको हत्या गरेको पाइएको उनले बताए । भरतको बैंकबाट पैसा निकालेर गंगाधरले आफ्नो घरमा दिएको पाइएको र सो रकम समेत बरामद गरिएको एसपी अधिकारीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान जारी रहेको उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.86
154.46
European Euro
1
176.40
177.09
UK Pound Sterling
1
207.80
208.61
Swiss Franc
1
190.57
191.32
Australian Dollar
1
107.69
108.11
Canadian Dollar
1
109.58
110.00
Singapore Dollar
1
119.37
119.83
Japanese Yen
10
9.49
9.52
Chinese Yuan
1
22.74
22.82
Saudi Arabian Riyal
1
40.97
41.13
Qatari Riyal
1
42.21
42.37
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.89
42.06
Malaysian Ringgit
1
37.78
37.93
South Korean Won
100
10.40
10.45
Swedish Kroner
1
16.00
16.07
Danish Kroner
1
23.60
23.69
Hong Kong Dollar
1
19.63
19.70
Kuwaity Dinar
1
500.36
502.31
Bahrain Dinar
1
408.09
409.68
Omani Rial
1
399.62
401.17