२०८३ श्रावण १३, बुधबार
July 29, 2026
२०८३ श्रावण १३, बुधबार
July 29, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

खोप नपाउँदा वैदेशिक रोजगारमा जाने कामदार अलपत्र

प्रकाशित मिति : २०७८ श्रावण १० गते

काठमाडौं / सरकारले कोरोनाविरुद्धको खोप अभियान नियमित रूपमा सञ्चालन गर्न नसक्दा वैदेशिक रोजगारीमा जाने कामदार अलपत्र परेका छन् । विभिन्न श्रम गन्तव्य मुलुकहरूले आफ्नो मुलुकमा प्रवेश गर्ने जो कोहीलाई पनि कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्ने निर्णय गरेका छन् । तर, नेपालमा खोप अभियान नियमित रूपमा सञ्चालन नहुँदा वैदेशिक रोजगारमा जाने कामदार बढी समस्यामा परेका छन् ।
निषेधाज्ञाका कारण वैदेशिक रोजगारमा जाने कामदार नेपालमा नै रोकिएर बसेका थिए । अहिले निषेधाज्ञा करीब करीब हटिसकेको छ भने अन्तरराष्ट्रिय उडान पनि खुला भएको छ । तर, खोप लगाउन नपाउँदा अधिकांश कामदार वैदेशिक रोजगारमा जान पाएका छैनन् ।
अधिकांश श्रम गन्तव्य मुलुकले तोकिएको खोप नै लगाउनुपर्ने बाध्यता छ । साउदी, कतारलगायत मुलुकले अमेरिकी खोप जोन्सन एन्ड जोन्सन, भारतीय खोप कोभिडसिल्डलगायत खोप अनिवार्य गरेका छन् । यस्तै, अन्य मुलुकले पनि सोहीअनुसार खोप तोकेका छन् । तर, नेपालमा तोकिएको खोप पर्याप्त मात्रामा छैन । त्यसको असरले पनि वैदेशिक रोजगारमा जाने कामदारले सहज रूपमा खोप लगाउन पाएका छैनन् । फलस्वरूप उनीहरू समयमा वैदेशिक रोजगारमा जान नपाउने अवस्था आएको छ ।
झापाका विजयकुमार गहतराज विगत ७ वर्षदेखि साउदी अर्बमा कार्यरत छन् । उनी बिदा मनाउन गत चैतमा स्वदेश आएका थिए । वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइयो । उनले जेठको अन्तिम साता श्रम गन्तव्य मुलुक साउँदी जाने गरी कतार एयरलाइन्सबाट हवाई टिकट पनि लिए । तर, त्यसबेलासम्म पनि निषेधाज्ञा कायम हुँदा उनी साउदी पुग्न सकेनन् ।
साउदी अरबले अहिले आफ्नो मुलुकमा आउने सबैलाई जोन्सनलगायत खोप अनिवार्य गरेको छ । तर, सहज रूपमा खोप पाउन नसकेपछि गहतराज अझै काममा जान पाएका छैनन् ।
काठमाडौंका विभिन्न खोप केन्द्रमा साउन ४ गतेदेखि ६ गतेसम्म जोन्सन खोप अभियान सञ्चालन गरिएको थियो । झापामा यो खोप नआउने भएपछि उनी गत शुक्रवार हवाई उडानमार्फत काठमाडौं आए । तर, उनले अभैm खोप लगाउन सकेका छैनन् ।
उनी प्रतिनिधि पात्र मात्र हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा खोप नपाएर अलपत्र परेका वैदेशिक रोजगारमा जाने कामदारको भीड बाक्लो हुने गर्छ । उनीहरूले बारम्बार खोपको व्यवस्था गर्न माग गर्दै आएका छन् । तर, सम्बद्ध निकाय भने यस विषयमा अझै उचित निर्णय गर्न सकेको छैन । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.16
153.76
European Euro
1
174.60
175.29
UK Pound Sterling
1
204.25
205.05
Swiss Franc
1
188.01
188.74
Australian Dollar
1
107.27
107.69
Canadian Dollar
1
108.59
109.01
Singapore Dollar
1
118.75
119.22
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.64
22.73
Saudi Arabian Riyal
1
40.80
40.96
Qatari Riyal
1
42.01
42.18
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.70
41.87
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
10.43
10.47
Swedish Kroner
1
15.82
15.88
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
19.53
19.61
Kuwaity Dinar
1
497.60
499.55
Bahrain Dinar
1
406.21
407.80
Omani Rial
1
397.80
399.36