२०८२ असार ३१, मंगलवार
July 15, 2025
२०८२ असार ३१, मंगलवार
July 15, 2025 Tuesday

साँढे ५ किलो चरेशसहित दुई जना पक्राउ

प्रकाशित मिति : २०७८ श्रावण १२ गते
File Photo.

कैलाली / कैलालीको गौरिगंगा नगरपालिकाबाट ५ किलो ५ सय ग्राम चरेशसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा गौरिगंगा–११ घर भएका ४० वर्षीय गोरे धामी उर्फ गोरख र गोदावरी नगरपालिका–६ घर भएका धन बहादुर धामी रहेका छन् ।
उनीहरुलाई सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको संयुक्त टोलीले पक्राउ परेको हो । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले नगद १ लाख २० हजार रुपैयाँ बरामद गरेको छ ।
पुर्वपश्चिम राजमार्गबाट पक्राउ परेका गोरे धामिको साथमा चरेश फेला परेको थियो । साढे ५ किलो चरेश धनबहादुरले दिएको बयानका आधारमा उनलाई गौरिगंगा–११ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पक्राउ परेका उनीहरुविरुद्ध लागूऔषध मुद्दामा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -