Opens in a new tab
२०८३ कार्तिक २९, शनिबार
November 14, 2026
२०८३ कार्तिक २९, शनिबार
November 14, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कर्णालीमा खसेको जीप फेला, अझै अज्ञात जोशी दम्पती

प्रकाशित मिति : २०७८ श्रावण १६ गते
File Photo

धनगढी / कैलालीको भजनी नगरपालिका–७ को चिसापानी–सोल्टा सडक खण्डबाट कर्णाली नदीमा खसेको जीप फेला परेको छ । सोही जिपमा सवार चन्द्रप्रकाश जोशी र उनकी श्रीमती रुवीको अवस्था भने अझै पत्ता लाग्न सकेको छैन ।
शुक्रबार दिउँसो ‘ब्याक’ गर्ने क्रममा खसेको बा ११ च ९३८ नम्बरको जीप कर्णाली नदीमै फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले बताए ।
‘टुुक्रा–टुुक्रा भएको अवस्थामा फेला परेको जीपको केही भाग बाहिर निकाले पनि चेसिस, इन्जिन अझै निकाल्न सकिएको छैन,’ डीएसपी विष्टले भने, ‘शनिबार बिहानैदेखि फेरि टोली खटिएर बेपत्ता जोशी दम्पतीको खोजीमा जुटिसकेको छ । जीपको बाँकी रहेको भाग पनि नदीबाट निकाल्ने प्रयास जारी छ ।’
जीप नदीमा खसेर बेपत्ता भएका चालक समेत रहेका डोटीको आदर्श गाउँपालिकाका प्रकाश जोशी र उनकी श्रीमती रुवी जोशीको अवस्था अझै अज्ञात छ । उनीहरुको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोरको टोली खटिएको बताउँदै प्रहरी नायब उपरीक्षक विष्टले नेपाल प्रहरी र नेपाली सेनाको टोली समेत परिचालन भएको जानकारी दिए ।
दुर्घटनामा परेर जोशी दम्पतीका तीन छोरा–छोरी वर्ष १३ की लक्ष्मी, वर्ष ४ की सावित्री र वर्ष ३ को भुुवन घाइते छन् । उनीहरुको नेपालगञ्जमा उपचार भइरहेको छ । भुुवन र सावित्रीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उपचार गरेर नेपालगञ्जबाट फर्किने बेला स–परिवार सोल्टा घुुम्न जाने क्रममा जीप दुर्घटना भएको हुुनसक्ने अनुुमान प्रहरीले गरेको छ । –अनलाइन खबरबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.49
151.09
European Euro
1
166.43
167.10
UK Pound Sterling
1
199.16
199.95
Swiss Franc
1
179.79
180.50
Australian Dollar
1
102.27
102.68
Canadian Dollar
1
105.54
105.96
Singapore Dollar
1
116.92
117.39
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.10
40.26
Qatari Riyal
1
41.29
41.45
Thai Baht
1
4.45
4.46
UAE Dirham
1
40.98
41.14
Malaysian Ringgit
1
36.82
36.96
South Korean Won
100
11.26
11.31
Swedish Kroner
1
15.01
15.07
Danish Kroner
1
22.26
22.35
Hong Kong Dollar
1
19.18
19.26
Kuwaity Dinar
1
487.65
489.60
Bahrain Dinar
1
399.02
400.61
Omani Rial
1
390.87
392.43