२०८३ बैशाख ३, बिहीबार
April 16, 2026
२०८३ बैशाख ३, बिहीबार
April 16, 2026 Thursday
- ADVERTISEMENT -

चितवनमा बढे महिला उद्यमी, गत आवमा १४६९ दर्ता

प्रकाशित मिति : २०७८ श्रावण १७ गते
File Photo.

चितवन / घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योगमा महिला उद्यमीको सङ्ख्या पुरुषको तुलनामा बढेका छन् । गत आर्थिक वर्षमा दर्ता भएका उद्योगमा महिला उद्यमीको सङ्ख्या एक हजार ४६९ छ ।
पुरुषको सङ्ख्या एक हजार १५२ छ । गत आर्थिक वर्षमा दुई हजार ३९२ नयाँ उद्योग दर्ता भएका छन् । साझेदारीसमेत हुने भएकाले उद्योगको तुलनामा उद्यमीको सङ्ख्या धेरै हुने गर्दछ । कार्यालयका लेखा अधिकृत नारायण लम्सालका अनुसार थपिएका उद्योगमा महिला र पुरुष गरी सात हजार ६५७ जनाले रोजगारी पाएका छन् ।
पुरुषको तुलनामा महिलालाई सरकारी निकाय तथा वित्तीय संस्थाबाट थप सहुलियत उपलब्ध हुने भएकाले महिला उद्यमीको सङ्ख्या पुरुषको तुलनामा बढी भएको उनको भनाइ छ । कार्यालयका प्रमुख यादवनाथ आचार्यले पहिले उद्योग दर्तामा महिलालाई ५० प्रतिशत छुट हुने भए पनि हाल यो नरहेको बताए । उनले भने, “सङ्घीय सरकार र पालिकाले महिलाका उद्योगलाई प्राथमिकता दिने भएसँगै उद्यमी बढेका हुन् ।” उद्योग सङ्घ चितवनका अध्यक्ष राजु पोडेलले उद्योग दर्ता सहुलियत ऋण र अनुदानका लागि धेरै दर्ता भएको बताए ।
महिलाका नाममा दर्ता गरिएका २० प्रतिशत उद्योग पनि सञ्चालन नभएको जनाउँदै उनले अनुदानका लागि धेरै उद्योग दर्ता भएका बताए । उनले भने, “राष्ट्र बैंकको कडाइपछि बैंकलाई लक्ष्य हाँसिल गर्नु छ, व्यक्तिलाई सस्तो ब्याजमा पैसा चाहिएको छ ।” उद्योग दर्ता गरेर लिइएको अनुदान सम्बन्धित क्षेत्रमा लगानी गर्न उनले सुझाव दिए ।
कार्यालयमा हाल रु पाँच लाखदेखि रु पाँच करोड पूँजी भएका उद्योग दर्ता हुँदै आएका छन् । रु पाँच लाखभन्दा तल पूँजी भएका उद्योग स्थानीय तहमा दर्ता हुने गर्दछन् । जिल्लामा उद्योग दर्ता हुनेक्रम बढ्दो छ । कालिका नगरपालिकामा औद्योगिक क्षेत्रसमेत बनाइँदै छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.10
149.70
European Euro
1
175.59
176.29
UK Pound Sterling
1
201.95
202.76
Swiss Franc
1
190.48
191.25
Australian Dollar
1
106.41
106.83
Canadian Dollar
1
108.15
108.59
Singapore Dollar
1
117.17
117.64
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.86
21.95
Saudi Arabian Riyal
1
39.74
39.90
Qatari Riyal
1
40.90
41.06
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
40.59
40.76
Malaysian Ringgit
1
37.70
37.85
South Korean Won
100
10.09
10.13
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.03
19.11
Kuwaity Dinar
1
486.70
488.66
Bahrain Dinar
1
395.23
396.82
Omani Rial
1
387.27
388.83