काठमाडौं / प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अर्घाखाँचीको शीतगंगा नगरपालिका–५ घर भर्इ हाल चन्द्रागिरी नगरपालिका–६ बस्दै आएका ३५ वर्षीय काशीराम भुसाल रहेका छन् ।
उच्च अदालत पाटनको २०७७ साल माघ ४ गतेको फैसलाले भुसाललाई ५० लाख जरिवाना र १५ दिन कैद सुनाएको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भुसाललाई बुधबार काठमाडौंको चन्द्रागिरिबाट पक्राउ गरेको जनाएको छ ।
भुसालले २०७७ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा पारी ग्लोबल आइएमइ बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी पीडितलाई ५० लाख रुपैयाँ बराबरको चेक काटेर दिएका थिए ।
बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा ठहर गरी उच्च अदालत पाटनले उक्त सजाय हुने गरी फैसला सुनाएको थियो ।
भुसाललाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा बुधबार पेश गरिएको ब्यूरो प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -
५० लाख जरिवाना तोकिएका फरार व्यक्ति पक्राउ
August 11, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -