चितवन / चितवनमा पछिल्लो २४ घण्टामा १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिकामा १२३ जना, खैरहनी नगरपालिकामा पाँच जना, माडी नगरपालिकामा ६ जना, रत्ननगर नगरपालिकामा ३६ जना, राप्ती नगरपालिकामा तीन जना र कालिकामा दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनको तथ्यांकमा उल्लेख छ ।
योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या दुई हजार ३६२ पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा दुई हजार १७८ जना रहेका छन् । जुन संख्या ९२ प्रतिशत भन्दा बढी हुन आउँछ ।
त्यस्तै अस्पतालको आइसोलेसनमा १७९ जना र सार्वजनिक आइसोलेसनमा पाँच जना रहेका छन् । पहिलो लहरमा अधिकांश संक्रमितले अस्पताल वा सार्वजनिक आइसोलेसनलाई बढी प्रयोग गरे पनि यसपटक भने अधिकांश संक्रमित घरमा नै आइसोलेसनमा बस्ने गरेका छन् ।
चितवनमा आज दुई जनाको मृत्यु भएसँगै चितवनमा कोरोनाको कारणबाट ज्यान गुमाउनेको संख्या ३५८ जना पुगेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवन थप १७५ संक्रमित, ९२% घरकै आइसोलेसनमा
August 12, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
